Friday 18th of August | २०७४ भदौ २ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वैदेशिक रोजगारमा जानेको संख्या फेरी घट्यो

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण ३ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ३ साउन । वैदेशिक रोजगारमा जानेको संख्या फेरी घटेको छ । चालु अर्थिक वर्षमा कामका लागि बिदेसिने नेपालीको संख्या घटेको हो ।

गत आवको भन्दा यो वर्ष वैदेशिक रोजगारीका जाने नेपालीको संख्या ९ प्रतिशतले घट्ने आँकलन सम्बद्ध निकायहरुको छ । पछिल्लो समय विदेशिने मुलुकहरुमा विभिन्न समस्या आएको तथा वैदेशिक नीति नियमदेखि विदेश जाने जनशक्तिको सीपलगायत अभावका कारण यस्तो संख्या घट्दो क्रममा रहेको बताइएको छ ।

नेपाल राष्ट्र बैंकले पछिल्लो समय विदेशिने नेपालीको संख्या घट्दो क्रममा रहेको जनाएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षमा विदेशिने नेपालीको संख्या ९ प्रतिशतले घटेको हो  । 

राष्ट्र बैंक स्रोतले भन्यो,‘चालु वर्षको पछिल्लो ६ महिनाको अवधिमा १ लाख ९० हजारको संख्यामा विदेशिएको छन् । अहिलेसम्मको अध्ययनमा यो वर्ष करिब ३ लाख ८० हजारको हाराहारीमा मात्र विदेशिने देखिन्छ ।’

स्रोतका अनुसार गएको आर्थिक वर्ष ०७२/७३ मा ४ लाख १८ हजारको संख्यामा नेपाली विदेशिएका थिए । उक्त संख्यासमेत अघिल्लो आवको तुलनामा १८ प्रतिशत कम हो । विदेशिने नेपालीको संख्या घटेसँगै रेमिट्यान्स पनि घटेको देखिन्छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan