Saturday 21st of October | २०७४ कार्तिक ४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ट्राफिक प्रमुखमा सर्बेन्द्रको ईन्ट्रीसंगै सुरु भयो फिल्मी स्टाईलमा काम

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण १३ शुक्रबार
newsabhiyan
newsabhiyan

कूल तामाङ, न्यूज अभियान, काठमाण्डौँ । महानगरिय ट्राफिक महाशाखा प्रमुखमा एसएसपि सर्बेन्द्र खनालको आगमनसंगै काठमाण्डौँ उपत्यकामा प्रमुख समस्याको रुपमा रहेको ट्राफिक जामको समस्या हट्ने धेरैले अनुमान गर्न थालेका छन् ।

खनालले जुन बिभाग सम्हाल्छन् त्यहाँ चमत्कारिक परिबर्तन ल्याएरै छाड्छन् । त्यसैले उनको आगमनलाई लिएर धेरैले चासो राख्नु स्वभाबिक पनि हो । मंगलबारबाट ट्राफिक महाशाखा प्रमुखको जिम्मेवारी सम्हाले यता उनी सडकमै ब्यस्त छन् यति सम्मकी खाना खानको लागी पनि उनिसंग समय छैन ।

ट्राफिक जामको समस्या त छँदै छ तर उनले आफ्नै आँखाले देखेको काठमाण्डौँ उपत्यकाको खाल्डाखुल्डी पुर्ने पहिलो काम थालिसकेका छन् । बिहिबार सडक बिभागका प्रमुख तथा ट्राफिक महाशाखा प्रमुख र अन्य सम्बन्धित पक्षबीच भएको छलफलले पनि खाल्डाखुल्डी पुर्ने निष्कर्ष निकालेको छ ।  “म हतपत केहि काममा हात हाल्दिन तर हालिसकेपछि फत्ते गरेरै छाड्ने बानी छ ।” खनाल भन्छन् ।

केही गर्नकै लागी म यहाँ आएको हुँ । खनालको आगमनसंगै अहिले महाशाखामा रङ्रोगनको काम सुरु भईसकेको छ । काठमाण्डौँ उपत्यकका खाल्डाखुल्डी पुर्ने तथा प्राय ठाउँमा कालोपत्रे समेत धमाधम भैरहेको छ । काठमाण्डौँ उपत्यकाको प्रमुख समस्याको रुपमा रहेको ट्राफिकजामलाई न्यूनिकरण गर्न खनालले पूर्बाधार तयार पार्न सम्बन्धित निकाएको ध्यानाकर्षण गराईसकेका छन् ।

सबैभन्दा पहिले सडकको अबस्था मजबुद पार्न चाहन्छन् खनाल । उनको महत्वकाक्षीं योजनाहरु छन् । उनको योजनमा सडकको छेउछाउमा बगैँचा समेत निर्माण गर्ने तयारीमा छन् । यदि उनको योजना सफल भएमा वा उनको अभियानमा सबैको सहयोग भएमा काठमाण्डौँको जाममा दुई मिनेट भन्दा बढी कसैले पनि पालो पर्खनु पर्ने छैन ।

बिश्वको कुनैपनि देशमा छैन,यताको गाडी उता उताको गाडी यता सहजै पार हुने । केहि समय त कुर्नै पर्छ ,पालो पर्खनै पर्छ तर धेरै समय हैन २ मिनेट मात्र हो । त्यस्तो सिस्टमको बिकास गर्ने पक्षमा छु । खनाल महाशाखा प्रमुख भएलगत्तै धेरै परिबर्तनहरु देखिन थालेका छन् ।

परिबर्तन १ः आफ्नै कार्यालयको सरसफाई ।
परिबर्तन २ः काठमाण्डौको सडकमा देखिएका खाल्डाखुल्डी तथा कालोपत्रे सुरु ।
परिबर्तन ३ः हरेक ट्राफिक प्रहरीको हातमा रोकिने र हिडाँउने निलो र रातो ब्यानर ।
परिबर्तन ५ः खाल्डाखुल्डी पुर्ने काममा आलटाल भईरहेको छ कि छैन ? बिहान,दिउँसो बेलुका,राती जुनुकै बेला आकस्मिक निरिक्षण । 

ट्राफिक नियम फलो नगर्ने माथी निगरानी गर्ने सुबिधा युक्त गाडी 

ट्राफिक नियम फलो नगर्ने माथी निगरानी गर्ने सुबिधा युक्त गाडी तैनाथ हुने छ । ट्राफिक प्रहरी नभएका स्थानमा चालकहरुको लापरबाही बढ्न थालेपछि उनीहरुको निगरानी र ट्राफिक नियम मिच्नेहरुको लागि लक्षित गर्दै केहि दिन अघि मात्र २ ओटा गाडी ट्राफिक प्रहरीले काठमाण्डौँमा भित्र्याएको छ । चारैतिर सिसी क्यामेरा जडित यस गाडीमा चारैतिर भएका गतिबिधि गाडी भित्रै बसेर नियाल्न सकिन्छ ।

यसकारण पनि सर्बाधिक रुचाईएको छ सर्बेन्द्र खनाललाई
नेपालको हरेक निकाय भित्रका अनियमितता गर्नेहरुको भण्डाफोर गर्दै सक्षम नेतृत्व दिलाउन सक्षम छन् खनाल । यसैले पनि उनको सबैतिर चर्चा चुलिएको छ ।

यसअघि अपराध महाशाखाको प्रमुख रहेका खनाले राष्ट्रिय गौरबको रुपमा रहेको नेपालको फुटबल क्षेत्रमा भएको म्याच फिक्सिङका दोषीलाई पक्राउ, गुण्डा नाइकेको इन्काउन्टर, कालोबजारी गर्नेलाई कारबाही , बैदेशिक रोजगारीको प्रलोभनमा सर्वसाधारणलाई ठग्ने गिरोहलाई पक्राउ तथा पेट्रोलपम्पको मिटर बिगारेर बर्षौदेखि उपभोक्ता ठग्दै आएका पेट्रोलियम ब्यबसायी, आयल निगमका उच्च अधिकारी र नापतौल विभागका महानिर्देशकलाई समेत पक्राउ गरी कार्बाही गरेपछि उनी सेलिब्रेटी नै बनेका थिए ।

यसरी प्रबेश भयो महाशाखामा खनालको
ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआइजी मिङ्गमार लामामाथी ट्राफिक प्रहरीले प्रयोग गर्ने माक्स खरिदमा अनियमितता गरेको आरोप लागेपछि महानगरीय  प्रहरी मुख्यालय तानिएलगत्तै लामाको ठाउँमा खनाललाई ल्याईएको हो ।  

बजारमा खुद्रा रुपमा खरिद गर्दा समेत एक हजार दुइ सय रुपैयामा पाइने गुणस्तरीय माक्स खरिदमा दोब्बर भन्दा बढी मुल्यमा खरिद गरेको पाइएपछि डीआइजी लामालाई छानबिनको लागि प्रहरी मुख्यालय तानिएको उच्च स्रोतको दावी छ डिआइजी लामा मुख्यालय तानिएपछी गृह मन्त्रालयले गत हप्ता मात्रै पहिलो नम्बरमा डीआइजी बढुवा सिफारिसमा परेका चर्चित एसएसपी सर्बेन्द्र खनाललाई ट्राफिक प्रहरीको कमाण्ड सुम्पिएको हो ।

भाबी आईजिपिको रुपमा खनाल
सर्बेन्द्र खनाल नेपाल प्रहरीका एक सक्षम, इमान्दार र ब्यबसायिक प्रहरी अधिकृतको रुपमा परिचित छन् । उनी जहाँ पुग्छन् त्यहाँ आमुल परिबर्तन गराएरै छाड्छन् । उनको यहि बिषेशताका कारण सर्बाधिक रुचाईएका सेलिब्रेटी हुन् । यहि कामको चर्चाले खनाललाई भावी आइजीपीको रुपमा पनि हेरिएको छ । नेपाल प्रहरीको प्रवक्ताको रुपमा कार्यरत खनाल प्रहरी प्रवक्ता यसअघि महानगरीय अपराध महाशाखाको प्रमुख थिए । खनाल डिआइजीका लागि एक नम्बरमा सिफरिस भएकाछन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan