Friday 18th of August | २०७४ भदौ २ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गोपाल खड्काको स्पष्टीकरण: नियमसंगत काम गरेको छु

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण १८ बुधबार
newsabhiyan
newsabhiyan

काठमाडौं । यतिबेला आयल निगममा जग्गा काण्ड चर्चामा छ । निगमका कार्यकारी निर्देशक गोपाल खड्का सहितका उच्च अधिकारीको मिलेमत्तोमा निगम भित्र पेट्रोलियम पदार्थको भण्डारण निर्माणकालागि जग्गा खरिद गर्दा करोडौं रुपैयाँ घोटला भएको भन्ने खबरहरु आइरहेका छन् ।

यसविषयमा आयल निगमका कार्यकारी निर्देशक खड्काले अभियान टाइम्ससँग कुराकानी गदैं आफू सो मामिलामा कुनै ठाउँमा संलग्न नरहेको बताएका छन् ।

आफूले गर्ने हरेक काम नेपालको प्रचिलित कानुनमा रहेर नियमसंगत गर्ने गरेको बताउँदै भने,‘केही मिडियाहरुले ममाथि संघतिक हमला गर्न अनर्गल प्रचार गरिरहेका छन्, यो गलत हो ।’

जग्गा दलालसँगको मिलेमतोमा चल्ती भाउभन्दा दोब्बर बढी मूल्य तिरेर निगमले जग्गा किनेको र खड्का छोरा समेत सहभागी रहेको चर्चा चलिरहेको बेला खड्काले भने,‘मेरो छोरा विदेशमा पढ्दै छ, उसलाई यस्ता काममा इच्छानै छैन्, यो सब अनर्गल प्रचार हो ।’

उनले यसविषयमा न्यायिक छानविन हुनुपर्ने बताउँदै पुष्टी भए आफू जस्तो सुकै कारबाही  भोग्न तयार रहेको बताए ।

यस्तै, खड्काले तत्कालिन आपूर्तिमन्त्रीहरुलाई पेट्रोलियम पदार्थको चास्नी चुसाएर वर्तमान सरकारलाई समेत भूमरीमा पार्ने रणनीति बनाएको भन्ने हल्लाको समेत खण्डन गरेका छन् ,उनले अभियान टाइम्स साप्ताहिक र न्यूज अभियान डट कमका प्रतिनिधिसँग यस्को खण्डन गरेकाहुन् ।

खड्काले टेकुस्थित नेशनल ट्रेडिङ लिमिटेडको सबै जग्गा, लिगलगापातसमेत खरिद गरेर नेपाल आयल निगमले अत्याधुनिक इण्डियन आयलको पम्प राख्न दिने तयारी अन्तिम चरणमा पुर्याएको चर्चा चलाइएपनि उनले भने,‘ यस्तो काम हुर्दै भएको छैन, मलाई बदनाम गराउन हल्ला फिजाइएको हो ।’

उनले यो सम्भवनै हुन नसक्ने जिकिर गरे । आयल निगम र इण्डियन आयल कर्पोरेशनबीच यस सम्बन्धमा कुनै सहमति समेत नभएको स्पष्ट बारे ।   

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan