Friday 18th of August | २०७४ भदौ २ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

'अख्तियारको नाकमा अमनको ३ नत्थी सहित यस्तो ध्यान आर्कषण'

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण १८ बुधबार
newsabhiyan
newsabhiyan

काठमाडौं, १८ साउन । 'अख्तियारको नाकमा अमनको नत्थी' भन्ने समाचार शिर्षकमा सांसद अमनलाल मोदीले ध्यान आर्कषण भएको बताएकाछन् ।

माओवादी केन्द्रका सांसद हुन अमनलाल मोदी । उनी माओवादी केन्द्रका लागि मात्र होइन मुलुकका लागि पनि उदाउँदो र फक्राउँदो नेताका रुपमा चिनिन्छन् ।

खरो र प्रस्ट विचारका   अमनलाल मोदीले यस अघि न्यूज अभियानमा प्रकाशित अख्तियारको नाकमा अमनको नत्थी भन्ने समाचार शिर्षकमा गम्भिर आपत्ती जनाएका छन् ।

उनले बुँदागत रुपमा भनेका छन् ,
 

१, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारी आफैमा चोखा छन् की छैन् ? गम्भिर प्रश्न उठेको छ । सर्पले सर्पको खुट्टा सहजै देख्छ भने झै अख्तियारले कर्मचारीमा मात्र ध्यान दिएकोमा आपत्ती जनाएकाछन् ।

 

२,अख्तियारले राजनीतिक दलका वास्तविक भ्रष्ट नेताहरु नसमातिए नागरिकले सुशासनको प्रत्याभूत गर्न असम्भव छ । त्यसकारण,नेता ,अकुत सम्पती कमाएका भष्टहरु, तस्करहरु,विभिन्न नीजि क्षेत्रमा भएका अनियमितताहरु छानबिन गर्नु पर्ने बताएकाछन् ।
 

३, अख्तियारका कर्मचारीहरुमा पनि पुनरावृती हुने की कतिपय मुद्धाहरु नियोजित पनि देखिएका छन् । आग्रह र पुर्वाग्रहमा कर्मचारी र नेताहरु फसाउने गरिन्छ । यस्तो अपराध क्षम्य हुदैँन् । सरकारका काम कार्वाहिमा नियोजित प्रहारले संबैधानिक निकाय माथी गम्भिर प्रश्न खडा हुन्छ । जसका कारण त्यस्ता निकायका ब्यक्ती माथी महाअभियोगको लगाइन्छ । ऐन नियम कानुनमा रहेर  मुलुक र जनताको अहितमा संलग्न जो कोहीलाई पनि कानुनी कठघरामा ल्याउनु पर्छ ।

अख्तियार दुरुपायोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्नेतले ठूलो र सानो माछा भन्नु भन्दा पनि भ्रष्टाचार गर्नेलाई अपराधी मानेर नै आयोगले काम गरिरहेको बताएका छन् तर उनले कुन कुन भ्रष्टाचारी नेता र कर्मचारीलाई कारवाही गरे, भन्न सकेका छन् ? यो उनले खुलाउनु पर्छ ।

अमनलाल मोदीका अनुसार अख्तियारमा २४ हजार मुद्दा छन् । ती सबै मुद्दा भ्रष्टाचारका हुन् । किन ती भ्रष्टाचारका मुद्दाका फाइल पल्टाउन छाडेर अख्तियार सुतेर बसेको छ भन्नेसम्मको प्रश्न उठाए ।

 

 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan