Saturday 21st of October | २०७४ कार्तिक ४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

टाटा मोटर्स् कार मेला सिजन-५ सुरु

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २० शुक्रबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २० साउन । टाटा मोटर्स्को नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले वाषिर्क रुपमा आयोजना गर्दै आइरहेको टाटा मोटर्स् कार मेला सिजन-५ काठमाडौंको नक्सालमा हुँदैछ । उक्त मेला आइताबर बेलुकी ८ बजेसम्म संचालन हुने जनाएको छ ।

मेलाको उद्घाटन टाटा मोटर्स्को नेपालका लागि कन्ट्री म्यानेजर अजित सिंह र सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का जनरल म्यानेजर प्रविन खतिवडाले संयुक्त रुपमा गरे ।

कार मेला सिजन ५ को मुख्य आकर्षणहरुमा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, एक्स्चेन्ज सुविधा, अन द स्पट फाइनान्स र बीमा सुविधा, टेस्ट ड्राइभ लगायत विभिन्न साँगितिक एवं मनोरञ्जनात्मक कार्यक्रमहरु रहेको छ ।


उक्त मेला अवधिभर ग्राहकहरुलाई गाडी खरिद गर्दा ४ लाख सम्म नगद छुट, आकर्षक उपहारहरु, एक्स्चेन्जमा एउटा फ्रि वास कुपन, हरेक टेस्ट ड्राइभमा २ वटा मुभी टिकट, निःशुल्क पूर्ण तथा थर्ड पार्टी बीमा सुविधा र बुकिङ्गमा एक लक्की जोडीलाई थाइल्याण्ड ट्रीपको अफर प्रदान गरिने कम्पनीले जनाएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan