Thursday 19th of October | २०७४ कार्तिक २ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हलिउड भनिरहेका बेला कोरियनबाट नक्कल गरिएका बलिउड फिल्म

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २२ आइतबार
newsabhiyan
newsabhiyan

काठमाडौं । बलिउडका प्रायः फिल्मलाई हलिउड तथा साउथ इन्डियन फिल्मबाट नक्कल गरिएको आरोप लाग्छ । र, यो आरोप सत्य सावित पनि भएका छन् । तर, बलिउडका कतिपय फिल्म कोरियन फिल्मका कपी रूप पनि छन् । यी ६ बलिउड फिल्म, जुन कोरियन फिल्मबाट कपी गरेर बनाइएका हुन् :

वल्ड ब्वाय–जज्बा

सञ्जय गुप्ताले निर्देशन गरेको बलिउड फिल्म ‘जज्बा’मा ऐश्वर्या राय र इरफान खानको मुख्य भूमिका छ । यो फिल्म २००६ मा रिलिज भएको थियो । तर, बक्स अफिसमा सुपर फ्लप रह्यो । जज्बा २००३ मा रिलिज भएको कोरियन फिल्म वल्ड ब्वायको कपी थियो ।

माइ सेक्सी गर्ल–अग्ली और पगली
निर्देशक सचिन खोटको फिल्म ‘अग्ली और पगली’मा रणवीर सौरी र मल्लिका शेरावतले मुख्य भूमिका निभाएका छन् । यो फिल्मले पनि बक्स अफिसमा कुनै कमाल गर्न सकेन । २००१ मा रिलिज भएको कोरियन फिल्म ‘माइ सेक्सी गर्ल’ हेरेपछि लाग्छ, अग्ली और पगलीमा उसकै नक्कल छ । अग्ली और पगली भने २००८ मा रिलिज भएको थियो ।

अ बिटर स्विट लाइफ–आवारापन
‘अ बिटर स्विट’ सन् २००५ मा रिलिज भएको कोरियन फिल्म हो । यही फिल्मको नक्कल गर्दै २००७ मा बलिउड निर्देशक मोहित सुरीले बनाइदिए, ‘आवारापन’ । यो फिल्ममा इमरान हासमी, श्रीया सरन, मृणलिनी शर्मा र आशुतोष राणाको मुख्य भूमिका छ । आवारापनलाई इमरानको सफल फिल्मका रूपमा लिइन्छ ।

द चेसर–मर्डर २
निर्देशक मोहित सुरीकै ‘मर्डर २’ बक्स अफिसमा सफल भएको फिल्म हो । यो फिल्ममा इमरान हासमी, ज्याकलिन फर्नान्डिज र प्रशान्त नारायणको मुख्य भूमिका छ । तर, २०११ मा रिलिज ‘मर्डर २’ पनि २००८ मा रिजिल भएको कोरियन फिल्म ‘द चेसर’को नक्कल गरेर बनाइएको रहेछ ।

आइ स डेभिल–एक भिलेन
बलिउड फिल्म ‘एक भिलेन’को निर्देशक पनि मोहित सुरी नै हुन् । सिद्धार्थ मल्होत्रा, श्रद्धा कपुर र रितेश देशमुखको मुख्य भूमिका रहेको यो फिल्म २०१४ मा बलिउडमा तहल्का पिटेकामध्ये एक फिल्म हो । तर, यो पनि २०१० मा रिलिज कोरियन फिल्म ‘आइ स डेभिल’कै नक्कल गरेर बनाइएको छ ।

द म्यान फ्रम नोहोयर–रकी ह्यान्डसम
निर्देशक निशिकान्त कामको फिल्म ‘रकी ह्यान्डसम’ बक्स अफिसमा फ्लप रह्यो । २०१६ मा रिलिज यो फिल्म पनि २०१० मा रिलिज कोरियन फिल्म ‘द म्यान फ्रम नोहोयर’को कपी रूप हो । जबकि फिल्मको मूख्य भूमिकामा जोन अब्राहमको एक्सन रोलको भने खुब तारिफ भएको थियो । नयाँ पत्रिकाबाट ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan