Monday 21st of August | २०७४ भदौ ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल फेशन आईडलको अडिसन साउन २५ मा हुने

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २३ सोमबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २३ साउन । रशलाईट मिडियाको आयोजनमा हुन लागेको सौन्दर्य प्रतियोगिता नेपाल फेशन आईडलको यहि २५ गते राजधानीमा अडिसन हुने भएको छ । ललितपुरको भेल्भेट लन्ज झम्सिखेलमा यो प्रतियोगिताको अडिसन हुनेछ ।

यो प्रतियोगिता मोडलिङ क्षेत्रमा आउन चाहने युवायुवतीलाई लक्षित गरेर आयोजना भएको यस प्रतियोगिताको अहिले फर्म खुल्ला भएको छ । १६ वर्षदेखी २९ वर्ष उमेर समुहका युवायुवतिले सहभागी हुन पाउने यस प्रतियोगितामा केटाको ५.५ फिट र केटीको ५ फिट उचाई हुनु पर्ने आयोजक संस्था रशलाईट मिडियाले जनाएको छ ।

नेपाल फेशन आईडलको विजेताले नगद २५ हजारसहित विज्ञापनमा खेल्न पाउने छन् । साथै विभिन्न आकर्षक उपहार तथा मोडलिङ सम्बन्धी अवसर प्रदान गरिने आयोजक संस्थाकी अध्यक्ष रमिता भण्डारीले जानकारी दिइन ।

उनका अनुसार प्रतियोगितामा सहभागीहरुलाई सञ्चार, एमसी, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि कक्षा, मोटिभेसन कक्षाका साथै अन्य मोडलिङ तथा विविध विषयमा प्रशिक्षण दिइने छ ।थप जानकारी नेपाल फेशन आइडलको अफिसियल फेसबुक पेजमा हेर्न सकिनेछ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan