Sunday 22nd of October | २०७४ कार्तिक ५ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रचण्डकी तेस्रो बुहारी बिना पनि घरेलु हिंसाको शिकार ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २४ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २४ साउन । प्रचण्ड परिवारमा तेस्री बुहारीका रुपमा भित्रिएकी बिना मगर पनि घरभित्रै यातनाको शिकार भएकी छिन् । प्रचण्डपुत्र प्रकाश दाहालसँग उनको सम्बन्ध बिग्रदै गएको छ ।

घरभित्रै भएको एक झगडामा दुई साताअघि उनी अस्पताल नै भर्ना हुनुपरेको छ । स्रोतका अनुसार उनको अनुहारमा ठुलो चोट लागेको छ । नर्भिक अस्पतालमा केही दिन भर्ना नै भएर उनको उपचार गरिएको थियो ।

जुन घटना निकै गोप्य राखिएको छ । स्रोतका अनुसार घरभित्रै आपसी झगडा हुँदा बिनामाथि कुटपिट भएको हो । प्रकाशको अत्याधिक मदिरा पिउने बानी अझै छुटेको छैन । जसबाट बिना पीडित हुँदै आएकी छिन्,  खबर दृष्टिमा उल्लेख छ ।

प्रकाशकै व्यवहारका कारण उनका अघिल्ला दुई विवाह असफल भएका थिए । प्रकाशले दोस्री श्रीमती सिर्जनासँग त सम्बन्ध बिच्छेद समेत गरेका छैनन् । प्रकाश लाजिम्पाटको आलिसान बंगलामा बसिरहँदा उनकी पत्नी सिर्जना छोरालाई समेत राम्रोसँग पढाउन नसक्ने अवस्थामा संघर्ष गर्दै आएकी छिन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan