Thursday 14th of December | २०७४ मङ्सिर २८ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

निर्माता महतले खोले आइल्याण्ड स्पा एन्ड फिटनेस सेन्टर, आर्यन र पूजाले गरे उद्घाटन

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २६ बिहिबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २६ साउन । चलचित्र निर्माता हरि महतले आइल्याण्ड स्पा एन्ड फिटनेस सेन्टर सञ्चालनमा ल्याएका छन् । काठमाडौं बनस्थलीमा अवस्थित उक्त स्पा एन्ड फिटनेस सेन्टरको बुधबार एक कार्यक्रमकाबीच चर्चित नायक आर्यन सिग्देल र नायिका पूजा शर्माले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरे ।

यस अघि ‘आइ एम सरी’ र ‘पुन्टे परेड’ निर्माण गरेका महतले २५ लाखको लगानीमा बनस्थली एरियामा बसोबास गर्ने मानिसलाई लक्षित गर्दै स्पा एन्ड फिटनेस सेन्टर सञ्चालनमा ल्याएका हुन् ।

उद्घाटनमा सरिक भएका आर्यनले पछिल्लो समय काठमाडौंको बसाई अनुसार हरेक मानिस स्वस्थ रहन जरुरी रहेको भन्दै त्यसका लागि स्पा र फिटनेस वैकल्पिक माध्यम भएको बताए । यता नायिका पूजाले आफू सधैँ फिट हुनका लागि नियमित व्यायम गर्ने देखि खानपानमा ध्यान दिने गरेको बताइन् ।

आइल्याण्ड स्पा एन्ड फिटनेसका चेयरम्यान महतले ओपनिङ भएको बुधबारको दिनले एक हप्ता सम्म सेवा लिन आउनेलाई विशेष छुटको व्यवस्था रहेको जनाए । उनले यस सेन्टरबाट आयुर्वेदिक बडी थेरापी, स्वेडिस थेरापी, हेड एन्ड सोल्डर मसाज, योगा फिटनेस, वाक्सीङ, फेसियल, सौना एन्ड स्टिम लगायतको सेवा लिन सकिने जानकारी दिए ।

निकट दिनमै स्विमिङ पूलको समेत व्यवस्था गर्ने जनाएका सञ्चालक महतले एकपटक सेवा गर्ने मौका दिन सबैलाई आग्रह गरे । चलचित्रकर्मी मात्र नभई सर्वसाधरणले समेत फिटनेसमा आएर सेवा लिन सक्ने उनको भनाइ छ । नयाँ व्यवसाय सुरु गरेका महतले नेपालमा बक्स अफिस लागू भएको खण्डमा फिल्म मेकिङलाई समेत निरन्तरता वचन दिएका छन् । 

नयाँ व्यवसायमा सफलता मिलोस् भनि निर्देशक सुदर्शन थापा, हास्यकलाकार ज्योति काफ्ले ‘नक्कली बाबुराम’, जय किशन बस्नेत, संगीतकार तारा प्रकाश लिम्बु लगायतले शुभकामना दिएका थिए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan