Thursday 19th of October | २०७४ कार्तिक २ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाबा रामदेव नयाँ फिल्म ‘ये है इन्डिया’ को प्रमोशनका लागि मैदानमा उत्रिएपछी

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २६ बिहिबार
newsabhiyan
newsabhiyan

एजेन्सी, मुम्बई  । योग गुरु बाबा रामदेव नयाँ फिल्म ‘ये है इन्डिया’ को प्रमोशनका लागि मैदानमा उत्रिएका छन् ।

उनी यो फिल्मको ‘सइयां सइयां’ बोलको गीतमा देखिँदैछन् । लोम हर्ष द्वारा लिखित तथा निर्देशित फिल्ममा गेवी चाहल र डियाना उप्पलको मुख्य भूमिका छ ।

रामदेवले एक प्रश्नको जवाफ दिँदै भने, “एक यस्तो देश जहाँ करोडौंको जनसंख्या छ, एक यस्तो देश जहाँ वेदको खोजी भयो तर त्यही देशको बारेमा दुनियाँभरका केही व्यक्तिहरुमा गलत धारणा छ । भारत सपेराको देश रहेन, अब यो उन्नत भएको छ ।”

उनले अगाडि भने, “भारतमा पूरै दुनियाँको नेतृत्व गर्ने क्षमता छ । फिल्म ‘ये है इन्डिया’ मा भारतको बदलिएको तश्वीर देखाइएको छ । मैले निकै सोचेपछि फिल्मलाई समर्थन गर्ने सोच बनाएँ र मलाई आश छ कि देशका हरेक नागरिकले यो फिल्मलाई समर्थन गर्नेछन् ।”


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan