Friday 18th of August | २०७४ भदौ २ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एक्सन किङ मानिने निखिल उप्रेतिले एक्कासी किन यसरी बढाए तौल ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २६ बिहिबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौँ ।  अभिनेता निखिल उप्रेतिले एतिबेला आफ्नो तौल बढाई रहेका छन् ।

तौल किन बढाएको बारेमा सबै कौतुहलता लाग्न सक्छ, उनले चलचित्र कमिटमेन्ट ६० हार्वसका लागि मेहनतका साथ तौल बढाएर फरक प्रस्तुती दिन लागेका हुन् ।

एक्सन किङ मानिने निखिलले यस चलचित्रका लागि भने एक्सनमा केही फरक गर्ने प्रयास गरेका बताए। ३ करोडको लगानीमा बन्न लागेको सो चलचित्रलाई निखिलले नै निर्माण गर्न लागेका हुन्।

केही समय अगाडि रिलीज भएको चलचित्रले त्यती सुखद ब्यापार गर्न सकेन । तर यस चलचित्रले अब उनको भविष्य निर्धारण गर्ने पक्कै देखिन्छ । त्यसैले पनि अब निखिलको स्टाडम जोगाउन यो चलचित्र चल्नै पर्ने हुन्छ ।

चलचित्रमा कमिटमेन्टमा निखिल सँगै बलिउड कलाकार रञ्जित, सयाजी शिंदे, अनन्त जोग, अली जाफर, नन्सी लगायतको मुख्य भुमिका रहनेछ ।

भने नायिकाको भूमिका भने सञ्चिता लुइँटेलकी बहिनी सिवानी लुइँटेलले निभाउने छिन्। उक्त चलचित्रको कथामा नेपालको एक व्यक्तीले कसैलाई मुम्बैईबाट ल्याउनका लागि ६० हार्वसको कमिटमेन्ट गरेका हुन्छन् ।

चलचित्रमा ७० प्रतिशत भारतीय भाषा र ३० प्रतिशत मात्र नेपाली भाषा समेटिने जनाएको छ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan