Friday 18th of August | २०७४ भदौ २ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राजपा नेतानै भन्छन्, 'हामी चुनावमा जान तयार छौँ'

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २६ बिहिबार
newsabhiyan
newsabhiyan

काठमाडौं ,२६ साउन । राष्ट्रिय जनता पार्टी राजपाका एक नेताले आफुहरु निर्वाचनमा जान चाहेको बताउनु भएको छ । 

राजपाका नेता केशव झाले सरकारले संविधान संशोधन प्रस्ताव तत्काल निर्णयार्थ संसदमा पेश गरे त्यसबारे आउने परिणाम मानेर अघि बढ्न तयार रहेको बताउनुभएको छ ।

राजपाले संविधान संशोधन नभएसम्म चुनावमा नजाने निर्णय गरेको भनि खवर सार्वजनिक भइरहँदा नेता झाले त्यसमा सत्यता नभएको प्रतिक्रिया दिनुभयो । रेडियो कान्तिपुरसंगको कुराकानीमा यस्तो कुरा बताउनु भएको हो । 

एकसाताभित्र संशोधन प्रस्ताव संसदमा पेश गरे पारित भएपनि, नभएपनि राजपा निर्वाचनमा सहभागी हुने बताउनुभयो । हालै सम्पन्न सो पार्टीको पदाधिकारी र केन्द्रिय समिति बैठकमा अधिकांश प्रतिनिधिको धारणा निर्वाचनमा सहभागी हुनुपर्ने पक्षमा देखिएको भन्दै नेता झाले नेतृत्वले पनि सोहि अनुसार निर्णय गर्ने बताउनुभयो ।

धेरै ढिला गरेर संशोधन प्रस्ताव अघि बढाउन खोजिए निर्वाचनको तयारीमा पार्टीका लागी समय नपुग्ने भन्दै उहाँले यसप्रति गम्भिर बन्न सरकारलाइ आग्रह गर्नुभयो ।

मन्त्रीपरिषदबाट गर्नुपर्ने कतिपय बिषय तत्काल सम्बोधन गर्दै संशोधन प्रस्ताव निर्णयार्थ पेश गरिए त्यसबाट जस्तोसुकै परिणाम आएपनि आफुहरु चुनावमा जान एक मिनेट पनि ढिला नगर्ने उहाको भनाइ छ ।

सत्ताको नेतृत्वकर्ता दल कंग्रेसले चुनावी परिणामको स्वार्थका कारण माग पुरा गर्ने भन्दा पनि झुलाउने काम गरिरहेको नेता झाले आरोप लगाउनुभयो ।

पछिल्लो पटक कांग्रेसको चाहना राजपा निर्वाचनमा सहभागी नभए हुन्थ्यो भनेजस्तो देखिएको आरोप लगाउँदै उहाँले सोही कारण यति लामो समयसम्म पनि निकासका लागि पहल नगरिएको गुनासो गर्नुभयो ।    

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan