Friday 18th of August | २०७४ भदौ २ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायक सन्जयको ‘बैसको रहर’ बोलको पूर्वेली गीत सार्बजनिक (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २७ शुक्रबार
newsabhiyan
newsabhiyan

देब बास्कोटा, काठमाडौं । गायक सन्जय निङलेकुको बैसको रहर बोलको पूर्वेली गीत सार्बजनिक भएको छ २०५४/१/७ गते तेह्रथुम फेदाप साबिक सिम्लेमा जन्मिएका सन्जय निङलेकु । सानैबाट गायक बन्ने रहर बोकेका गायक आर्थिक अवस्था निकै कम्जोर भएको कारण सांगीतिक छेत्रम आउन अलिक कठिन भएको तर ढिलो भएपनि आफन्त कबिताराम फोम्बो अनि गाउकै दिदी रिता फोम्बो को सहयोगमा सांगीतिक क्षेत्रमा आघि बढेका छन् ।

भर्खर युटुबमा सार्बजनिक भएको गीत बैसको रहरमा शब्द लय अनि स्वर पनि उहाँको आफ्नै रहेको छ । बैसको रहरलाई तेह्रथुम जिल्ला को पर्यटकीय ठाउँ तिन्जुरे डाडा साथै फेदाप गाउँपालिकाको पोक्लबाङ डाडा, थाक्चोके तिरमा सुटिङ गरिएको हो ।

यस गीतको भिडियोमा मोडल गायक सन्जयको आफ्नै रहेको छ भने साथमा मोडेल मिस मेचि मिना मादेन नुमाफुङको रहेको छ्रखगेन्द्र यक्सोको निर्देशन कोरियग्राफर दिनेश माङ्मुले गर्नु भएको साथै मेघराज मगरातीले उक्त भिडियो खिच्नु भएको हो । गीतको रेकर्डिङ एभरेस्ट मिडिया कल्चर सेन्टर लगनखेल काठमाडौंमा गरिएको हो ।

साहित्य तथा मोडलमा धेरै रुची राख्ने सन्जयको पहिलो गीतको चर्चा संगै अब दोश्रो एल्बम    ‘नुनथला गुम्बा’ बोलको गीत दसै अगाडि नै बजारमा आउने भएको छ ।

यस भन्दा अघि पनि दिपन राईको स्वरमा सन्जयको शब्दमा रहेको गीत ‘यो जुनिमा तिम्रो हुन’ भन्ने गीत पनि बजारमा आइसकेको र अब शिब परियारको स्वरमा रहेको आउ माया बोलको गीतमा मोडलको रुपमा उहाँलाई देखिने कुरा गायक सन्जयले जानकारी गराउनु भयो ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan