Thursday 14th of December | २०७४ मङ्सिर २८ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सागर आले मगर यो कारण नेपाल आइडल बन्न सक्छ (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २७ शुक्रबार
newsabhiyan
newsabhiyan

काठमाडौं । गीत संगीतको कुम्भ मेला जस्तो पछिल्लो समय जताततै चर्चा पाएको छ नेपाल आइडलले । अन्य मुलुकमा विभिन्न आइडल भईरहेने भएपनि नेपालमा भने यो पहिलो नेपाल आइडल हो । एपि वान टेलिभिजनको पर्दामा बिहीवार र शुक्रवार धेरैको आँखा पुग्ने गर्दछ यो शो हेर्नलाई ।

नेपालको एक मात्र रियालिटी शो नेपाल आईडलमा नेपालका धेरै ठाउँको अडिसन पार अन्तिम अन्तिम चरणमा पुगेको छ । गाला राउण्डको २६ सस्करण सम्म पुग्दा ७ प्रतिस्पर्धिहरु नेपाल आइडलको उपाधीलाई आफ्नो पोल्टामा पार्न सबैले उत्कृष्ट प्रस्तुति दिएका छ्न् ।

त्यही ७ प्रतिस्पर्धीमध्येको एक  नाम हो सागर आले मगर । पुर्ख्यौली घर गोरखा भएका सागर आले मगर एक सामान्य परिवारमा चितवनको पटयानीमा बुबा रघु बहादुर आले र आमा सन्तमाया आलेको सुपुत्र हुन । सानै उमेरबाट गीत संगीतमा रुचि राख्ने आले मगर यो भन्दा पनि यस्तै विभिन्न प्रतिस्पर्धामा आफ्नो प्रस्तुति दिईसकेका छ्न् तर पनि अहिले सम्म उपाधी भने चुम्न सकेका छैनन् ।

चितवन आइडल टप ८, नेपाली तारा उत्कृष्ट २० हुँदै बिग आइकनको फस्ट रनर उप भएका सागरले अहिले सम्म कुनै म्यूजिकल कक्षा लिएका छैनन् । तर पनि कर्णप्रिय स्वर रहेको आले जब चितवन अडिसनमा फूलको थुङ्गा भन्ने सालैजो गीत गाए तब आलेको अनुयायी ह्वात्तै बढ्यो ।

लोक होस या आधुनिक या पप र रक नै किन नहोस सबै प्रकारको गीतलाई न्याय दिएर गाउन सक्छ्न आलेले । सबै समुदाय, युवा जातजातीको प्रमुख रोजाईको पात्र बनेका छ्न् ।

सागर आलेलाई नेपाल आइडल बनाउन चाहनेको लागि १३ टाइप गरि ३५२२५ मा म्यासेज गर्न सकिन्छ । कस्लाई पहिलो नेपाल आइडल बनाउने भन्ने अब सबै दर्शक श्रोता हातमा रहेको छ । सागर आलेको अन्तिम प्रस्तुति भिडियोमा देखाईएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan