Thursday 19th of October | २०७४ कार्तिक २ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्र बैंकले साउन ३१ मा पाँच अर्बको बिकास ऋणपत्र जारी गर्ने

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २७ शुक्रबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २७ साउन । नेपाल राष्ट्र बैंकले यही साउन ३१ गते पुुन पाँच अर्ब रुपैयाँको बिकास ऋणपत्र जारी गर्ने भएको छ । चालुु आर्थिक बर्षमा एक खर्ब ४५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने तयारी गरेको राष्ट्र बैंकले साउन ३१ गते १२ बर्षे अवधिको बिकास ऋणपत्र २०८६ ( ख ) जारी गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंक, राष्ट्रऋण व्यवस्थापन बिभागका अनुसार ऋणपत्र खरिद गर्न इच्छुक बैक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले साउन ३१ गते अपरान्ह तीन बजेसम्म आवेदन दिनुुपर्ने छ ।

जारी मिती २०७४ साउन ३२ गते  तोकिएको ऋणपत्रको साँवा भुक्तानी मिति २०८६ साउन ३२ गते  तोकिको छ । अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने उक्त ऋणपत्र धितो राखेर कर्जा समेत निकाल्न सकिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्कासित रकमको ८० र २० प्रतिशत अर्थात चार सय करोड र एक सय करोड रुपैयाँ छुट्याइएको छ ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने छ भने अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाट गरिने छ ।

खरिदकर्ताहरुले घटीमा पचास हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सक्नेछन् ।

ऋणपत्र खरीदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् भने ईजाजत प्राप्त “क”, “ख” र “ग” वर्गका वित्तीय संस्थाले अप्रतिस्पर्धीको रुपमा भाग लिन पाउने छैनन्, राष्ट्र बैंकले भनेको छ । राष्ट्र बैकका अनुसार ऋणपत्रको दोस्रो बजार कारोवार नेपाल स्टक एक्सचेन्ज मार्फत हुुने छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan