Friday 18th of August | २०७४ भदौ २ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गभर्नरलाई चास्नी चटाएपछि कसैले केही नाप्दैन भन्ने ढुङ्गानालाई कारवाही गर्ला त अख्तियारले ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २७ शुक्रबार
newsabhiyan
newsabhiyan

भुपेन्द्र आचार्य, काठमाडौं, २७ साउन । गभर्नरलाई चास्नी चटाएपछि कसैले केही नाप्दैन भन्ने  नेपाल बंगलादेश वैंकका कार्यकारी ज्ञानेन्द्र ढुंगानाले  सफ्टवेयर र जग्गा खरिदमा समेत करोडौं कुम्ल्याएको  समाचार छ ।  

शेयर दलालीसँग मिलेर ८० प्रतिशत राइट शेयर जारी गर्दा ८ लाख शेयर फर्जी रुपमा अनियमितता गरेको आरोप लागेका यी कार्यकारीमाथि नेपाल राष्ट्र बैंकले कारवाही नगरेपछि प्रमाणसहित अख्तियारमा उजुरी परेको छ ।

अख्तियारले कारवाही गर्ला त ? स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एनबी बैंकको जग्गा खरिद सफ्टवेयर परिवर्तन तयारीका सम्पूर्ण फाइल राष्ट्र बैंक मार्फत मागेको  छ । अख्तियारमा परेको २१५३३ नंम्बरको उजुरीको छानबिन क्रममा फाइल झिकाउने निर्णय भएको र यसमा राष्ट्र बैंकसमेत कारवाहीमा पर्ने देखिएको स्रोतले जानकारी दिएको छ ।
यहीकारण कार्यकारी ज्ञानेन्द्र ढुंगाना यतिखेर देउवापत्नी आरजु र प्रचण्डका निकट व्यक्तिहरुको सम्पर्कमा पुगेको बताइन्छ । बैंकहरुमा चर्चा चलेअनुसार देउवाका साला भूषणले ज्ञानेन्द्रलाई नआत्तिनु भनेका छन् । ढुंगानालाई कमलादीको जग्गा खरिद र बैंकको सफ्टवेयर खरिदमा खान त खानेभए तर जेजति खाइसकेका छन्, त्यसैमा ढुंगा लागेको बताइदै छ ।

अब कुनै पनि हालतमा ज्ञानेन्द्र ढुंगाना भ्रष्टाचारबाट उम्किन नसक्ने भनिरहेका बेलामा संसदको समितिले साझा प्रकाशनको भ्रष्टाचार र आयल निगमको जग्गा खरिद काण्डमा छानबिन हुनथालेको र यसमा कुनै कारवाही नहुने राजनीतिक माहोल बनिसकेको बताउनेहरु भन्छन्– ढुंगाना त्यही लटका कारण कारवाहीबाट बच्न सक्छन् ।

यी ढुंगानामाथिको अर्को गम्भीर अ ारोप भनेको अष्ट्रेलियाको ग्रीनकार्ड हो । यिनीसँग ग्रीनकार्ड छ कि छैन भनेर अख्तियारले खरी घस्ने हो भने यिनको कार्यकारी पदमात्र जाने होइन कि यिनको नेपालमा भविष्यसमेत समाप्त हुनेछ ।
एडभान्स लिइसकेको सफ्टवेयर खरिदको पैसा ब्रिफकेसमा हालेर ढुंगाना डुबतेका तिनकेका सहारा खोज्दै हिड्दा भूषण उनका लागि भाग्यबिधाता बनेर अगाडि आएको चर्चा पनि छ ।

ढुंगाना अख्तियार प्रमुखका प्रिय मित्र पनि हुन् । यही मित्रताको लाभ उठाएर ढुंगानाले कमिशन खाइरहेका छन् । अख्तियारमा जति उजुरी परे पनि दीप बस्नेतले लुकाइदिने गरेका छन् । तर यतिबेला दीप बस्नेत नै निलम्बनमा पर्ने खतरा बढेर गएको छ । उनीमाथि महाभियोगको खतरा पनि छ । दीप जसरी पनि उम्कने सूत्र खोजिरहेका कारणले ढुंगानाको छटपटी अरु बढेको हो । यिनको दौडधूप नेताहरुकोमा  बढेको देखिन्छ ।

अचम्मको कुरा त के पनि छ भने सूरा र सुन्दरी प्रिय भनेर वेंकरहरुवीच निकै बदनामीकमाएका कार्यकारी प्रमुख हुन् एनवी बैंकका यी ढुंगाना । बंगाली सञ्चालकहरुलाई खुशी पार्न जति पनि अनैतिक काम गर्न उक्सने र आफ्ना लागि कमिशनको जोहो गर्ने ढूंगाना अव भने फन्दामा परे भनिदैछ ।

बैंकका लागि खरिद गरेको सवा करोडको गाडी यिनले आफ्नै नाममा पास गराएका छन् । सवा करोडको गाडी चढ्ने यिनको हैसियत र आर्थिक अनियमितताका बारेमा छानबिन गर्न सम्पत्ति शुद्धिकरण विभागले किन चासो नदिएको हो ? त्यता पनि यी ढुंगानाविरुद्ध दश उजुरी परेको बताइन्छ ।

सतर्कता केन्द्रमा समेत बंगलादेश बैंकको फाइल उठेको छ ।
यद्यपि बैंकरहरुमा एक दर्जन विदेशी ग्रीनकार्ड होल्डरहरु रहेका छन् । ग्रीनकार्ड होल्डरले वैंकको कार्यकारी हुन पाउने कि नपाउने ? नेपाल राष्ट्र बैंकले यस सम्बन्धमा आँखा चिम्लिदा बैंकरहरु आर्थिक अनियमितता गर्न उक्सिएको दावी छ केही विज्ञहरुको ।

राष्ट्र बैंकका गभर्नर आफै ग्रीनकार्डका पक्षधर भएकाले बैंकहरुले मुनाफा र कमिशनका लागि बढी ध्यान दिइरहेका छन् । बैंकहरु सेवाभावले भन्दा पनि कसरी कमाउने भन्नेमा लागेका र कार्यकारीहरु कमिशनमोहमा फसेकाले बैंकहरुको प्रगति त देखिन्छ तर देशको अर्थतन्त्त यो सुन्निएर मोटाएकोजस्तो हुँदै गएको छ । अझै सतर्क नहुने ?

नेपाल बंगलादेश वैंकका कार्यकारी ज्ञानेन्द्र ढुंगाना त उदाहरणमात्र हुन्, यस्ता कार्यकारीहरु अनेक वैंकहरुमा कार्यरत छन् । अधिकांश कार्यकारीहरु कि त सुन्दरीको मामिलामा, कि त कमिशन र अनियमितताका मामिलामा डामिएका भेटिन्छन् राजतिलक साप्ताहिकमा उल्लेख छ । नेपाल राष्ट्र बैंकका गभर्नरको रामरमिते चालामालाका कारण बैंकहरुमा भित्री समस्या थपिदै गएका छन्, कुनै दिन नेपालको अर्थतन्त्रमा ठूलै भूइँचालो जानसक्ने बताइन्छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan