Thursday 14th of December | २०७४ मङ्सिर २८ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सय दिन नपुग्दै किन हल्लियो देउवाको कुर्सी ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २७ शुक्रबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २७ साउन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केही समय यता एउटा नारा उचाल्दै हिंडेका छन्– कार्यकारी राष्ट्रपति । सरकार छाडेपछि डाकिएको पार्टीको केन्द्रीय समिति वैठकबाट अघि सारिएको यो फण्डालाई उनले नयाँ राजनीतिक डण्डाको रुपमा प्रयोग गर्न खोजेको संकेतहरु मिल्न थालेका छन् । उनले यही डण्डा उचाल्दै सत्ता सहयात्री नेपाली कांग्रेसलाई धम्क्याउन समेत थालेका छन् ।

यसै साता काठमाडौं बाहिरका दुई वटा कार्यक्रममा पुगेर प्रचण्डले आपूmसंग सहकार्य गर्ने पार्टीले अब कार्यकारी राष्ट्रपतिको एजेण्डालाई स्वीकार्नु पर्छ भनेर खुलेआम कांग्रेसलाई सन्देश दिए । प्रचण्डको यो भनाईलाई निकै महत्वपूर्ण राजनीतिक चालबाजीको रुपमा हेरिएको छ ।

एकातर्फ तेस्रो शक्ति भएर पनि आपूmले भने जस्तै गरी राजनीतिमा हालिमुहाली गर्दै आएका प्रचण्डले कार्यकारी राष्ट्रपतिको मुद्धामा पनि कांग्रेस एमालेलाई लतार्न सक्छु भन्ने दम्भ पलाएको हुनसक्ने विश्लेषण गरिंदै छ ।

हुन पनि उनले शुरुमा एमालेका केपी ओलीलाई प्रधानमन्त्रीको प्रलोभनमा फसाएर उपराष्ट्रपतिदेखि सभामुख जस्ता पद हात पारे भने अर्कोतर्फ कांग्रेससंग मिलेर आफैं प्रधानमन्त्री बनेर पहिलो पटक प्रधानमन्त्री हुँदा गर्न नपाएका तथा त्यसपछिका सरकारले नगरिदिएका पार्टी हीतका काम उनले गरे । उनले न्यायालयदेखि कर्मचारीतन्त्र सम्ममा आफ्ना मान्छेहरु भर्ति गर्न पाए । जसको पछिल्लो उदाहरण बन्यो भरतपुरको निर्वाचन परिणाम ।

प्रचण्ड अरुलाई खेलाएर आफू केन्द्रमा रहिरहने पात्र हुन भन्ने निश्चित भईसकेको छ । कांग्रेस एमालेहरुको लोभीपापी चरित्रका कारण मुलुक उनकै हातमा परेर अस्थिर बनिरहेको छ । यस पटक पनि उनले कार्यकारी राष्ट्रपतिको नारा अघि सारेर कांग्रेसलाई अप्ठेरोमा पारिसकेका छन् ।

आपूmसंग सहकार्य गर्ने दलले आफ्नो एजेण्डा पनि मान्नुपर्छ भन्नुको अर्थ सोभैm ब्ल्याकमेलिङ हो भन्दा फरक पर्दैन । प्रचण्डको यो गेमलाई कांग्रेससंगको सहकार्य तोडेर एमाले नजिक हुने र फेरि तर मार्ने दाउको रुपमा पनि राजनीतिक विश्लेषकहरुले हेरेका छन् ।

कांग्रेसले कि अब कार्यकारी राष्ट्रपतिको एजेण्डा स्वीकारेर जान तयार हुनुप¥यो होइन भने सरकारबाट बाहिर रहन तयार हुनुपर्ने अवस्था आउन सक्ने बताइन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले त जस्तासुकै प्रस्ताव स्वीकार्न सक्थे होला तर कोइरालाहरु प्रधानमन्त्रीय पद्धती छाड्न तयार छैनन ।

त्यस्तो अवस्थामा प्रचण्डले एमालेसंग गला मिलाउन सक्ने छन् । किनकी एमाले पनि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी पक्षधर पार्टी हो । प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री भन्ने विषयमा खाशै अन्तर हुने कुरा भएन ।

यही फण्डाले दुई कम्युनिष्टलाइ नजिक्याउने मात्रै होइन, प्रचण्ड यही नारा बेचेर आगामी संसदीय निर्वाचनमा एमालेसंग तालमेल गरेर शक्ति थप गर्ने रणनीतिमा समेत रहेको बताइन्छ । स्थानीय चुनावमा कांग्रेसलाई प्रयोग गरेका उनी संसदीय वा प्रदेशमा एमालेसंग गला मिलाउन जाने तयारीमा रहेका छन् ।

माओवादी केन्द्र कांग्रेससंगको सहकार्यबाट टाढिंदै छ भन्ने अर्को उदाहरण हो, नेपाल पत्रकार महासंघको आगामी महाधिवेशनको गठबन्धन । पत्रकार महासंघको भदौ पहिलो साता हुने महाधिवेशनमा बाम गठबन्धन हुने लगभग निश्चित भएको छ ।

एमाले निकट प्रेस चौतारी र माओवादी केन्द्र निकटको प्रेस सेन्टरबीच पत्रकार महासंघको महाधिवेशनमा गठजोड हुने पक्का जस्तै छ । प्रेस चौतारी अध्यक्षमा माओवादीलाई छाड्न तयार बनेकाले गठबन्धन हुने लगभग पक्का भएको हो । लाल गठबन्धनका कारण कांग्रेसी पत्रकारहरु यसपाली पनि महासंघबाट बाहिरै रहनु पर्ने अवस्थामा पुगका छन् ।

त्यसो त कांग्रेसीहरुले पनि माओवादीसंग तालमेलका लागि माथापच्चिस गरेकै हुन र अभैm पनि उनीहरुको प्रयास जारी छ । तर माओवादी पत्रकारहरुले लाल गठबन्धन नै गर्ने इच्छा देखाएको बुझिएको छ । पत्रकारहरुबीचको लाल गठबन्धनको राजनीतिक बाछिटाले सिंह दरबारसम्मै हान्छ भन्ने चिन्तामा कांग्रेसीहरु परेका देखिन्छन् ।

हुन पनि गत बर्ष केपी ओली सत्ताबाट बाहिरिएपछि विग्रिएको एमाले–माओवादी सम्बन्धको चिसोलाई पगाल्न पत्रकारहरुको चुनाव पहिलो खुड्किलो हुनसक्ने विश्लेषण गरिंदै छ । अर्कोतर्फ यही बीचमा भारतीयहरुले एमाले अध्यक्ष केपी ओलीसंग बढाएको सम्बन्धले पनि प्रधानमन्त्री देउवालाई थप चिन्तित बनाएको बताइन्छ ।

भारतीयहरुले भित्रभित्रै एक पछि अर्को गरी ओलीलाई भेट्ने गरिरहेका छन् । ओलीका उखान टुक्का सुन्नका लागि पक्कै पनि यसरी भेटघाट भएको होइन भन्ने बुभ्mन कठीन छैन ।

यसैपनि सय दिनको हनिमुनपछि सरकार विरुद्ध पार्टी भित्रैबाट जेहाद छेड्न तयारीमा रहेका एकथरी कांग्रेसीहरुका लागि लाल गठबन्धनको कुराले झन् सजिलो बनाईदिएको छ । शेरबहादुर जति धेरै सत्तामा रहन्छन कांग्रेसको पतन त्यत्ति छिटो हुन्छ भन्ने कांग्रेसीहरुका लागि प्रचण्डले नै सरकार ढालिदिए हाईसन्चो हुन्थ्यो भन्ने लागेको छ, खबर नेपालीपत्रमा छ  ।

यो संकेत प्रधानमन्त्री देउवा स्वयंले पनि पाईसकेको बताइन्छ । त्यत्ति मात्रै हो सय दिनपछि हल्लिन शुरु गर्ला भनेको देउवाको कुर्सी त्यो भन्दा अघि नै धर्मराउन थालको छ । भलै असोज २ को स्थानीय चुनाव अघि चाहीँ सत्ताको जोड घटाउ भईहाल्ला भन्न सकिंदैन । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan