Saturday 21st of October | २०७४ कार्तिक ४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

काठमाण्डौं–तराई/मधेश दु्रतमार्ग सडक आयोजना व्यवस्थापन नेपाली सेनालाई

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २७ शुक्रबार
newsabhiyan
newsabhiyan

काठमाडौं,२७ साउन । राष्ट्रिय गौरवको उच्च प्राथमिकता प्राप्त काठमाण्डौं–तराई/मधेश दु्रतमार्ग सडक आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण सम्पन्न गर्न भनि नेपाल सरकार, मन्त्रिपरिषद्का २०७४/०१/२१ गतेको निर्णय बमोजिम आज श्रावण २७ गते जंगी अड्डामा आयोजित एक संक्षिप्त कार्यक्रम गरिएको छ । 

नेपाली सेनाका तर्फबाट इन्जिनियरिङ विभाग तथा आयोजना प्रमुख प्रा.उ.र.  योगेन्द्र बहादुर खाँण र सडक विभाग मातहत तत्कालिन आयोजना प्रमुख सत्येन्द्र शाक्य विच बुझबुझारथ भई काठमाण्डौं–तराई÷मधेश दु्रतमार्ग सडक आयोजना नेपाली सेनालाई हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

उक्त आयोजना हस्तान्तरण कार्यक्रममा  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह सचिव सरोज प्रधान तथा नेपाली सेनाका तर्पmबाट आयोजनामा खट्टिएका अन्य रथीबृन्द एवं अधिकृतहरुको उपस्थिति रहेको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan