Friday 18th of August | २०७४ भदौ २ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लाखको सपना बोकेर अफगानिस्तान पुगेका ३ पोखरेली २८ महिनादेखि अत्रपत्र

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २८ शनिबार
newsabhiyan
newsabhiyan

सुरेशराज अधिकारी, २८ पोखरा । पोखरा बाटुलेचौरका हेमप्रसाद गुरुङ, विजयपुरका गोविन्द पौडेलसहित ३ जना अफगानिस्तानमा अलपत्र परेका छन् ।

पोखराका गुरुङ र पौडेलसहित पर्वतका मीनबहादुर क्षेत्रीलाई कम्पनीले कामबाट निकालिदिएपछि अढाई वर्षदेखि अलपत्र परेका हुन् ।

राम्रो कमाइ हुने प्रलोभनमा परेर अफगानिस्तान पुगेका ३ जनालाई भिसाको मिति नथपि १० महिनामै कम्पनीले कामबाट निकालिदिएपछि सहयोगको याचना गरेका छन् । पर्वतका क्षेत्री र बाटुलेचौरका गुरुङले अमरसिंह चोकमा रहेको एसजी मरिन म्यानेजमेन्ट प्रालि नामक म्यानपावरका म्यानेजर सन्तोष गुरुङलाई ठूलो रकम बुझाएका थिए ।

विजयपुरका पौडेलले दिल्लीमा रहेका दलाल भरत अधिकारी क्षत्रीलाई रकम बुझाएर अफगानिस्तान छिरेको उनीहरुले इमेलमार्फत जानकारी दिएका छन् ।

अमरसिंहको एसजी मरिन म्यानेजमेन्ट प्रालि नामक म्यानपावर बन्द भइसकेको छ भने दलाल भरत अधिकारी पनि सम्पर्कबाहिर छन् ।

भिसा थप नभइ कामबाट निकालिएपछि आफूहरु ठगिएको भन्दै विभिन्न सरोकारवाला निकायमा उनीहरुले जानकारी पठाएका छन् । अलपत्र नेपाली कामदार यतिबेला असुरक्षासँगै गास न बासका भएका छन् । सुविधासम्पन्न अमेरिकी कम्पनी भनेर अफगानिस्तान छिरेका उनीहरु अहिले खुला आकासमुनि रात गुजार्दै छन् ।

नेपाल फर्कन उनीहरूलाई एक्जिट भिसा र बढी समय बसेको शुल्क बुझाउनुपर्ने कानुनी प्रावधान छ । एक वर्षयता अफगानिस्तान सरकारले तीनै जनाको पासपोर्टसमेत जफत गरेको छ । उद्दारका लागि आग्रह गर्दै प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय, पाकिस्तानस्थित दूतावासमा उनीहरुले कैयौं पटक इमेल पठाएको इमेलमार्फत नै जानकारी दिएका छन् ।

‘मरिन म्यानपावरका म्यानेजर सन्तोष गुरुङ र उसका परिवारलाई जनही ७(७ लाख रुपैयाँ दिएर भारतमा १ महिना बसेर अफगानिस्तान आइपुग्यौं,’ पीडित गोविन्दले इमेलमार्फत भने, ‘तर, काम थालेको एक महिनामै भिसा सकिएपछि उल्टै कामबाट निस्कनुपर्दा पो हामी छाँगाबाट खसेजस्तो भयौं । अहिले हामी गास न बास भएर बस्नुपरेको छ ।’

उनीहरुलाई १ महिनाको भिसा लगाएर अफगानिस्तान छिराउने र काममा लागेपछि भिसाको समयावधि थप्ने आश्वासन दिइएको थियो ।

विभिन्न सरोकारवाला निकायमा उद्दारका लागि अपिल गरे पनि सुनुवाइ नहुँदा मानसिक चिन्ता बढ्दै गएको उनीहरुले बताए । ‘श्रम मन्त्रालय, वैदेशिक रोजगार विभागका ५ जनाको समूह अध्ययनका लागि अफगानिस्तान आएका थिए,’ गोविन्दले इमेलमा लेखेका छन्, ‘हामीले सम्पर्क गर्न खोज्यौं तर उहाँहरुले भेट्नै मान्नुभएन ।’

टोलीले एक्जिट भिसा लगाउन पहल गर्ने भन्दै तीनै जनाको पासपोर्ट अफगान पुलिसलाई बुझाउन लगाएको तर अहिले कुनै वास्ता नगरेको उनीहरुको गुनासो छ ।

‘महिनाकै १ हजार डलर कमाइ हुन्छ भनेपछि पत्याएर आयौं तर अहिले न काम छ कमाइ । भोक लागेको बेला खानासमेत नपाइने हुँदा हामीहरु निकै चिन्तामा छौं,’ गोविन्दले इमालेमार्फत भने ।

सरकारले उद्दार गर्ला नभए कसैले न कसैले त उद्दार गर्ला र घर पुगौंला भन्ने आशाले बाँचिरहेको भए पनि भोलिभोलि भन्दै टार्ने काम भएको उनीहरुको गुनासो छ । ‘हामीसँग न काम छ, न पैसा न बेलामा खाना पाइन्छ । अरु हामीलाई केही चाहिँदैन घर फर्कने वातावरण मिलाइदिए हुन्छ,’ सहयोगको याचना गर्दै गोविन्दले इमेलमा भनेका कुरा समाधानमा उल्लेख छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan