Friday 18th of August | २०७४ भदौ २ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कडा आन्दोलमाको तयारी: 'साहित्यकारहरु समेत कविता लिएर डा केसीको पक्षमा उभिए'

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २८ शनिबार
newsabhiyan
newsabhiyan

भरतपुर,२८ साउन । मेडिकल शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग राखेर काठमाडौंमा अनशनमा बसेका डा गोविन्द केसीको जीवन नै संकटमा पर्दा पनि सरकारले मागका सम्बन्धमा ठोस कार्य नगरेको भनेर चितवनका चिकित्सकहरु चिन्तित देखिएका छन् ।

नेपाल चिकित्सक संघ चितवन शाखाको बिहीबार भएको छलफलमा चिकित्सकहरुले केसीको जीवन रक्षा गर्न पहल गर्ने बताए । ‘अनशन लम्बिदासमेत सरकारले मागको सम्बन्धमा ठोस पहल गरेके अवस्था देखिएन ।

यस्तै हो भने माग पनि पूरा नहुने र डा केसीको स्वास्थ्य अवस्था पनि जटिल हुने खतरा छ । त्यसैले चिकित्सकहरुको संस्थाले पहलकद्मी लिन थालेको हो’ संघका केन्द्रीय सदस्य डा कृष्णप्रसाद पौडेलले भने । सरकारले बेलैमा नसोचे चिकितस्कहरुले कडा आन्दोलन गर्ने उनले बताए ।

‘हामी बिरामीहरुको सेवामा पनि असर नहुने तर सरकारलाई पनि दबाब पुग्ने तरिकाका कार्यक्रमहरु गर्ने छौं । गोविन्द केसी जस्तो सत्याग्रहीको जीवन रक्षाको विषय जटिल हुँदै गएको छ । यस्तो बेलामा हामी केही नगरी बस्न भएन’ नेपाल चिकित्सक संघ चितवन शाखाका अध्यक्ष डा प्रकाश खतिवडाले भने । केन्द्रले आन्दोलनका कार्यक्रम तय गर्ने तर शाखासँग सुझाव मागेको उनले बताए ।

डा गोविन्द केसीले साउन ९ गतेदेखि अनशन सुरू गरेका छन् । उनले मेडिकल शिक्षामा सुधारका विषय उठाएर अनशन बस्न थालेको यो ११ औं पटक हो । नवौं अनशन बस्ने बेलासम्म चिकित्सक संघ डाक्टर केसीसँग सँगसँगै थियो । त्यसपछि भने संघ सक्रिय भूमिकामा नदेखिएको गुनासो सर्वसाधारणबाट आउने गरेको छ ।

छलफलमा सहभागी डा केसीका सहयोगी डा जीवन क्षेत्रीले मेडिकल शिक्षाको सुधारका लागि केदारभक्त माथेमाको नेतृत्वमा बनेको आयोगको प्रतिवेदनभन्दा प्रतिकुल हुने गरेर स्वास्थ्य ऐन आउन लागेका कारण डा केसी ११ औं पटक अनशन बस्न बाध्य हुनु परेको बताए । सो प्रतिवेदनको सुझाव अनुसार ऐन बने मेडिकल शिक्षा सबैको पहुचमा हुने र गुणस्तरीय जनशक्ति उत्पादन हुने उनले बताए ।

‘तर मेडिकल कलेजहरु सहर केन्द्रित हुने, शुल्क चर्को लिदा क्षमता भएका तर पैसा भएकाहरुले चिकित्सा शिक्षा पढ्नै नपाउने र गुणस्तरलाई ख्याल राख्नभन्दा पनि कमाइमा जोडदिने नियतले नयाँ ऐन मस्यौदा भएको छ । त्यो रोक्न भनेर उहाँ अनशनमा बस्नु भएको छ’ डा क्षेत्रीले भने । त्यसैले डा केसीको पक्षमा चिकित्सकदेखि सर्वसाधरण सबै जुट्न आवश्यक रहेको उनले बताए ।

डा गोविन्द केसीले ११ ओं पटक अनशन सुरू गरेको पाचौं दिनपछि नै चितवनमा सर्वसाधरणले केसीको पक्षमा प्रदर्शन गर्न सुरू गरेका हुन् । साँझपख लगातार आधा घण्टा प्रदर्शन कायमै छ भने बुधबारबाट रिले अनशन सुरू भएको छ ।

साहित्यकारहरु समेत कविता लिएर डा केसीको पक्षमा उभिएका छन् ,चितवन पोष्टले जनाएको छ । सर्वसाधरणले डा गोविन्द केसीको आन्दोलनमा विस्तारै एक्यबद्धता बढाउँदै लगेका छन् ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan