Thursday 14th of December | २०७४ मङ्सिर २८ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

युवा दिवसमा प्रभातफेरी

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २८ शनिबार
newsabhiyan

काठमाडौँ, २८ साउन । अन्तर्राष्ट्रिय युवा दिवसमा अवसरमा आज यहाँ प्रभातफेरी आयोजना गरिएको छ ।

राष्ट्रिय युवा परिषद्सहित विभिन्न संस्थाको आयोजनामा ‘शान्ति र समृद्धिमा युवा’ (युथ बिल्डिङ पिस) भन्ने नारासहित भृकुटीमण्डपबाट सुरु भएको पदयात्रा शहीदढोका पुगी पुनः राष्ट्रिय सभागृह फर्किएर टुङ्गिएको थियो ।

पानीका कारण पदयात्राको मार्ग छोट्याइएको थियो । पदयात्राको थालनी युवा तथा खेलकुदमन्त्री राजेन्द्र कुमार के.सी. (राजन)ले गर्नुभएको थियो । पदयात्रामा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेल र विभिन्न युवा विद्यार्थी सङ्गठनका प्रतिनिधि सहभागी हुनुभएको थियो ।

सन् १९९९ अगष्ट १२ मा संयुक्त राष्ट्र सङ्घले मान्यता दिएपछि सन् २००० देखि विश्वव्यापी रुपमा सो दिवस मनाउँदै आइएको छ । रासस


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan