Thursday 19th of October | २०७४ कार्तिक २ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ववइ नदि खतराको संकेत भन्दा माथि: एक जना वेपत्ता ३ जना घाइते,सयौं घर डुवानमा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २८ शनिबार
newsabhiyan
newsabhiyan

दीपक शर्मा, बर्दिया,२८ साउन । लगातार परेको वर्षाका कारण  बर्दियामा एक जना वेपत्ता भएका छन अन्य ३ जना घाइते भएका छन भने  सयौ घर डुवानमा परेका छन । 

विगत २ दिन देखि निरन्तर परिरहेको वर्षाका कारण ववइ नदिमा दाउरा निकाल्न गएका बारबर्दिया नगरपालिका वार्ड न १० गन्दर्भ गाउका २९ वर्षिय राजेन्द्र थारु नदिमा वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । उनको खोजी भैरहेको छ ।

वर्षाका कारण ववइ नदिमा आएको वाढिले वासगढि नगरपालिका वार्ड न १ चेपाङ्घ गाउमा तुलबहादुर विकको घर भत्काउदा ३ जना  घाइते भएका छन । घाइते मध्ये ६० वर्षिय नरकलि विक गम्भिर घाइते भएको र थप उपचारका लागी कोहलपुर लगिएको छ ।

अन्य घाइते ३६ वर्षिय सत्य नेपाली उनकी छोरी १८ वर्षिय धुमसरा विकको अवस्था सामान्य रहेको छ । घाइते सवै घर भाडामा वस्दै आएका हरु हुन ।

ववइ नदि आसपासका विभिन्न स्थानका १ सए ४६ वटा घरहरु डुवानमा परेका छन । १२ वटा घर पुर्ण रुपमा क्षति भएको छ ।
यसै विच ववइ नदिमा पानिको सतह वढिरहेको छ ववइ नदिमा ६.१० मिटर पानि भएमा खतरा मानिदै आइएको छ अहिले ववइ नदिले सो खतराको सकेत पार गरि ७.६८ मिटर पुगेको छ ।

वर्षाका कारण बबइ नदि खतराको सकेत भन्दा माथि पुगिसकेको छ भने नदि छेउछाउका वासीन्दालाइ सुरक्षित स्थान तर्फ जान आग्रह गरिएको जिल्ला आपतकालिन संचालन केन्द्रका सुचना अधिकृत रुपन ज्ञवालीले बताउनु भयो ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan