Friday 18th of August | २०७४ भदौ २ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मेगा बैकको नाफा ७९ करोड १४ लाख

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २८ शनिबार
newsabhiyan

काठमाडौं २८ साउन । मेगा बैकले आव २०७३  २०७४ को चौंथौ त्रैमासिक अवधिमा ७९ करोड १४ लाख १३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा ५५ करोड १० लाख ४४ हजार रुपैयाँ रहेको थियो ।

चुक्ता पुंजी चार अर्ब ५८ करोड २३ लाख १३ हजार रुपैयाँ रहेको बैकले २०७४ को असार मसान्तसम्म ३८ अर्ब ९३ करोड ६८ लाख ६५ हजार रुपैयाँ निक्षेप संकलन गरी ३४ अर्ब ५९ करोड ७८ लाख ३५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । खुुद व्याज आम्दानी एक अर्ब ७२ करोड ३७ लाख १७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैकमा एक दसमलव ३६ प्रतिसत कर्जा निष्क्रिय रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैकले ३० अर्ब ७५ करोड ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब ३५ करोड ८९ लाख ८३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

खुद व्याज आम्दानी एक अर्ब १२ करोड ५८ लाख ४७ हजार रुपैयाँ रहेको बैकका शुन्य दसमलव ७९ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan