Thursday 14th of December | २०७४ मङ्सिर २८ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल एसबिआई बैकको नाफा एक अर्ब ५२ करोड

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २८ शनिबार
newsabhiyan

काठमाडौं,२८ साउन । नेपाल एसबिआई बैकले आर्थिक बर्ष २०७३०७४ को चौंथौ त्रैमासिक अवधिमा एक अर्ब ५२ करोड ३८ लाख ५६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले एक अर्ब ३३ करोड १८ लाख १८ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

चुुुक्ता पुंजी छ अर्ब ९२ करोड ४८ लाख ९३ हजार रुपैयाँ रहेको बैंकले आव २०७४ को असार मसान्तसम्ममा ८१ अर्ब ६६ करोड ४५ लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरी ६३ अर्ब दुुई करोड ५० लाख २३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

खुद व्याज आम्दानी दुुई अर्ब ९१ करोड ६८ लाख ८७ हजार रुपैयाँ रहेको बैकको प्रोभिजन रकम १८ करोड ७९ लाख सात हजार रुपैयाँ रहेको छ । राईट व्याक रकम दुुई करोड ८० लाख ३५ हजार रुपैयाँ रहेको बैकमा शुन्य दसमलव १० प्रतिसत कर्जा निष्क्रिय रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैैकले ६५ अर्ब २१ करोड ३५ लाख २० हजार रुपैयाँ निक्षेप संकलन गरी ४६ अर्ब ९७ करोड ५३ लाख ३४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा दुुई अर्ब ४१ करोड ६१ लाख ११ हजार  रुपैयाँ खुद व्याज आम्दानी गरेको बैकमा शुन्य दसमलव १४ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan