Friday 18th of August | २०७४ भदौ २ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल पुुर्नबिमा कम्पनी र आईएमई लाईफ इन्स्योरेन्सबिच सम्झौता

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २८ शनिबार
newsabhiyan
newsabhiyan

काठमाडौं,२८ साउन । नेपाल पुुर्नबिमा कम्पनी र आईएमई लाईफ इन्स्योरेन्सबिच सम्झौता भएको छ । दुुबै संस्थाका प्रमुुखहरुले पुुर्नबिमा सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुुन ।

पुर्नविमा कम्पनीका तर्फवाट  प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र आइएमई लाईफ इन्स्योरेस्स् कम्पनी लिमिटेड तर्फवाट  महा प्रवन्धक राकेश पोखरेल ले समझदारीमा हस्ताक्षर गरेका हुन् ।   हलै नेपाल सरकार ले स्वीकृती प्रदान गरेको दश जीवन वीमा कम्पनी मध्य पुर्नविमा कम्पनी संग  जीवन विमाको  पुर्नविमा गर्ने इन्स्योरेन्स् मा आइएमई  इन्स्योरन्ेस् पहिलो कम्पनी रहेको वताइएको छ । 

साथै अन्य विमा कम्पनी पनि पुर्नविमा को लागी तयाारी अवस्थामा रहेको पनि नेपाल पुर्नविमा कम्पनीले जनाएको छ । 
जेखिम समूहको पुनर्बीमा व्यवस्थापन गर्न मिति २०६००६३० मा नेपाल सरकार र सबै निर्जीवन बीमा कम्पनीहरुको साझा संस्थाको स्वरुपमा आकस्मीक बीमा कोषको स्थापना भई संचालनमा रही आएकोमा नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७१÷०४÷२२ को निणर्य अनुरुप कम्पनी रजिष्टर कार्यालयमा मिति २०७१÷०७÷२१ म दर्ता भई बीमा समितिबाट मिति २०७१÷०९÷०४ मा पुनर्बीमा व्यवसाय गर्ने बीमकको विधिवत इजाजत–पत्र प्राप्त गरी नेपाल सरकार ४३।५५%, जीवन बीमा कम्पनीहरु ३८।३९%, जीवन बीमा कम्पनीहरु तथा संस्थापित कम्पनी समेत (१८.०६%) गरी जम्मा ५६.४५% शेयर स्वामित्व भएको कम्पनीले राष्ट्रिय आवश्यकता एवं अन्र्तराष्ट्रिय प्रचलन अनुरुप पुनर्बीमा व्यवसाय गर्दै आइरहेको छ । गत आ.ब देखी कूल ३.५ अर्व पुनर्बीमा शुल्क आर्जन गरेको
कम्पनीले विश्व बजारका स्थापित पुनर्बीमकहरुसँग पुनर्बीमाको पुनर्बीमा (रेट्रोसेसन) गर्दै आएको र यसले सोहि अवधीमा १७ देशको ३१ वटा बीमक पुनर्बीमकसंग पुनर्बीमा कारोवार गरी आफ्नो पुनर्बीमा कारोवारलाई विश्वव्यापीकरण गर्न सफल भएको छ ।

यसैबिच स्थानीय आवश्यकता तथा राष्ट्रिय  जीवन बीमा कम्पनीहरुलाई प्रतिस्पर्धी एवं गुणस्तरीय पुनर्बीमा सेवा प्रदान गर्ने सन्र्दभमा हालै बीमा समिति बाट जीवन बीमा व्यवसाय गर्न अनुमती प्राप्त जीवन बीमकहरु सबैलाई यस कम्पनीले आफ्नो सेवा प्रदान गर्नका लागि पत्राचार गरिसकेको र आवश्यक छलफल भइरहेको सन्दर्भमा आज आइ.एम.इ लाइफ इन्स्योरेन्सले यस कम्पनी संग चालु आ.ब. २०७४७५ बाट लागु हुने गरी जीवन बीमाको पुनर्बीमा सम्झौता गर्न लागेकोमा हामी सगौरव उक्त कम्पनीको समग्र व्यवस्थापक सहितको परिवारलाई हार्दिक बधाई ज्ञापन गर्दै उत्तरोत्तर प्रगतीको कामना गर्दछौ, कम्पनीले भनेको छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan