Friday 18th of August | २०७४ भदौ २ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेशनल लाईफ इन्स्योरेन्सको २९ औं बार्षिक साधारण सभा सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २८ शनिबार
newsabhiyan
newsabhiyan

काठमाडौं,२८ साउन । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको २९ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले साउन २५ गते शुुक्रबार कम्पनीका  अध्यक्ष श्रीमती प्रेमा सिंहको सभापतित्वमा बार्षिक साधारण सभा सम्पन्न गरेके हो ।

सभामा सिंहले कम्पनीले सन्तोषजनक प्रगति गरेको बताउनु हुंदै आर्थिक बर्ष २०७२—०७३ मा कुुल तीन अर्ब ८५ करोड रुपैयाँ बीमा शुल्क संकलन भएको र उक्त आवमा एक अर्ब सात करोड रुपैयाँ खुद दावी भुक्तानी गरेको एवं ३६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको जानकारी दिएकाछन ।

यसैगरी आव २०७२—०७३ मा कम्पनीले कुुल लगानी १० दसमलव २० प्रतिसतले बृद्धि भई १४ सय २० करोड रुपैयाँ पुुगेको छ भने भने कम्पनीको बीमा कोष गत बर्षको तुुलनामा २२ दसमलव ९४ प्रतिसतले बृद्धि भई २०७३ असार मसान्तसम्ममा १४ अर्ब ३१ करोड रुपैयाँ पुुगेको छ ।

सभामा अध्यक्षले समिक्षा वर्षमा विविध राजनैतिक आर्थिक कारणले आर्थिक बृद्धि दर न्यून रहेको एवम् अत्याधिक तरलतावाट निक्षेप ब्याज दरमा ह्रास आएकोवाट जीवन बीमा ब्यवसाय प्रभावित हुन सक्ने तर्फ अवगत गराउनु भयो ।

यसवाट लामो अवधिको लागि सिर्जीत दायित्व अनुसारको लगानी गर्न असहज परिस्थितिको स्थिति सिर्जना भए पनि आर्थिक विकासका संरचनाहरु विकास गर्ने तर्फ भैरहेको चासो र प्रयासका कारण आउने वर्षमा जीवन बीमा ब्यवसायमा सकारात्मक प्रगति हुने स्थितिको अपेक्षा रहेको बताउनु भयो ।

आगामी दिनहरुमा नेपाली बीमा बजारमा थप अद्यावधिक बीमालेखहरु प्रवेश गराउन र आफ्ना ग्राहकवर्गलाई प्रदान गर्ने सेवाको गुणस्तरमा बृद्धि गर्न कम्पनी सदैव प्रयासरत रहने समेत अध्यक्षले सभामा जानकारी गराउनु भयो ।

सभाले आर्थिक बर्ष २०७२—०७३ को लागि चुक्ता पुंजीको प्रतिसत बोनस सेयर र कर प्रयोजनको लागि एक दसमलव ३२ प्रतिसत नगद लाभांस बितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसबाट कम्पनीको चुुक्ता पुंजी ए अर्ब ६५ करोड ६० लाख रुपैयाँ पुग्ने छ ।

सभाले वोनस पश्चात हुन आउने चुक्ता पूंजीको ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको र यसबाट कम्पनी चुक्ता पुंजी दुुई अर्ब ६४ करोड ९६ लाख रुपैयाँ पुग्ने छ । यसवाट भविष्यमा तोकिन सक्ने संभावित पूंजी बृद्धिको लागि सहयोग हुने कम्पनीले आशा गरेको छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan