Monday 21st of August | २०७४ भदौ ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अविवाहिता सविता उप्रेतीले मन्तव्य राखिरहँदा राष्ट्रपति मुसुक्क , विदेशबाट फर्किएका युवाद्वारा सामूहिक कृषि शुरु

पैसा कमाउन विदेशिनु पर्दैन

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २८ शनिबार
newsabhiyan
newsabhiyan

काठमाडौँ, २८ साउन । पैसा कमाउन विदेश नै जानुपर्छ ? उच्च शिक्षा हासिल गरेर जागिर नै खानुपर्छ ? वा ठूलाठूला व्याापार व्यवसायमै लाग्नुपर्छ ? भन्ने होइन ।” जानेकै सीपलाई प्रयोग गरेर राम्रो आम्दानी गर्न सिकिन्छ भन्ने उदाहरण सिकन्दरकुमार ठाकुरले प्रस्तुत गरेको छ ।

शंकरदेव क्याम्पसबाट वाणिज्य विषयमा स्नातकोत्तर तहको शोधपत्र ( थेसिस) लेख्नमा व्यस्त हुने उनी कपाल काट्ने व्यवसायबाट राम्रो आम्दानी गर्ने गरेको छ ।

“बुबाले कालोपुलस्थित हाम्रो सैलुन सञ्चालनमा ल्याएको तीन दशक बित्न लाग्यो, नौ वर्षको उमेरदेखि नै बुबासँगै आफूले पनि कैँची चलाउन सिकेँ र यो सँगै आफ्नो पढाइलाई पनि निरन्तरता दिँदै गएको छु ।” प्रशन्न मुद्रामा ठाकुरले भन्नुभयो ।

अहिले उहाँ २८ वर्षको हुनुभएको छ । रु एक लाख राशिको उद्यमशीलता पुरस्कार आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त गरेपछि उहाँ खुसीले गदगद् हुनुभएको छ । पुरस्कार पाएपछि खुसीले उहाँ भन्नुभयो– “मैले सोचेको पनि थिइनँ, यति छिट्टै पुरस्कार प्राप्त गर्छु ।”

बुबा र छोराका साथै अन्य तीनजना पनि सैलुनमा काम गर्छन् । “चार हजारसम्म दैनिक आम्दानी हुन्छ, किन विदेश जानुप¥यो, यही केही गर्न सकिन्छ”, ठाकुरले भन्नुभयो ।

शोधपत्र बुझाएपछि यही व्यवसायलाई अझ व्यवस्थित र विस्तार गर्ने सोचाइमा उहाँ हुनुुहुन्छ । उच्च शैक्षिक योग्यता हासिल गरेर सैलुन सञ्चालनमार्फत युवामा श्रमप्रति सम्मान र उत्प्रेरणा जगाउने कार्यबापत राष्ट्रपतिले उहाँलाई सो पुरस्कारबाट सम्मान गर्नुभएको हो ।

“आँट हुनुपर्छ, आँटले नै व्यक्तित्व बनाउँछ । अपांगले के गर्न सक्दैन ? सीतानारा थारु भन्दै हुनुहुन्थ्यो । उहाँको कम्मरमुनिको शरीर चल्दैन । ह्विल चियर प्रयोग गर्नुहुन्छ तर उहाँ आफू अपांग भएर पनि सपांगलाई ज्ञान र सीप बाँड्न तल्लिन हुनुहुन्छ ।

बेलौरी नगरपालिका–६ कञ्चनपुरमा थारु समुदायका महिलालाई उद्यमशील बनाउन कल्पना सिलाइ केन्द्र सञ्चालनमा ल्याउनुभएको छ ।

“अपांग भएपछि लाागेको वचनरुपी घाउलाई मलमपट्टि लगाउन सिलाइ केन्द्र खोलेको हुँ । हाल केन्द्रमा १५ जनाले सिकाइ, कटाइ तथा बुनाइ सिकिरहेका छन्, पाँचजनालाई त रोजगारी नै दिएकी छु”, उहाँले भन्नुभयो ।

शारीरिक अपांगता भएर पनि उद्यमशील बनेर फरक फरक क्षमतालगायतका युवालाई प्रेरणा र मनोबल उच्च बढाएकाले उहाँलाई पनि राष्ट्रपति भण्डारीले रु एक लाखको राािष्ट्रय युवा प्रतिभा सम्मान प्रदान गर्नुभएको छ ।

विवाह गर्ने खर्च सेवामा लगाए

“दोलखाबाट बाबाले नानी विवाह गर्ने बेला भएन ? अब त विवाह गर्नुपर्छ ? है । हुन्छ बाबा रु पाँच लाख तयार गर्नुहोस् र पठाइदिनुस् । बाबाले पठाउनुभएको पैसा आयो घर भाडालगायत अन्यमा खर्च गरेँ ।”

तेत्तीस वर्षीय अविवाहिता सविता उप्रेतीले सार्वजनिक मन्तव्य राखिरहँदा राष्ट्रपति मुसुक्क हाँसेर साथ दिनुभयो । कार्यक्रममा सहभागीका ताली एक मिनेटसम्म जारी रह्यो ।

उहाँ अटिजम भएका बालबालिकाको सेवा र सीप प्रदान गर्न विशेष स्कूल तथा पुनःस्थापना केन्द्र स्थापना गरी सक्रिय हुनुुहुन्छ । विसं २०६७ मा स्थापना भएको सो केन्द्रमा ४५ बालबालिका छन् ।

“विवाह गर्ने उमेर नाघ्न लागिसक्यो तर विवाहमा भन्दा सेवामा नै मेरो ध्यान गएको छ”, उहाँले भन्नुभयो । उहाँले पनि अटिजम भएका बालबालिकाको सेवा र सीप विकास गर्न योगदान पु¥याएबापत रााष्ट्रिय युवा प्रतिभा सम्मान प्राप्त गर्नुभएको छ ।

यसैगरी चोरी शिकारी नियन्त्रणमा उल्लेखनीय योगदान पु¥याउनुभएका बर्दियाका हेमन्त आचार्य, उच्च हिमाली जिल्लामा कृषि पर्यटनमा योगदान दिएबापत मनाङका समराज गुरुङ, सगरमाथा आरोहरणमा कीर्तिमान कायम गर्नुभएका फुर्वातेञ्जिङ शेर्पा, स्वास्थ्य अनुसन्धानकर्ता वसन्तकुमार शाही, इञ्जिनियरिङ क्षेत्रमा नयाँ खोज गर्नुभएका रामु खत्री र कृषि फार्ममा योगदान पु¥याएबापत विशाल राईलाई पनि ‘युवा प्रतिभा सम्मान पुरस्कार’ प्रदान गरिएका छन् ।

यसैगरी युवा पहिचान पुरस्कार विभिन्न विधातर्फ ३० जनालाई प्रदान गरिएको छ ।  

विदेशबाट फर्किएका युवाद्वारा सामूहिक कृषि शुरु

विभिन्न २४ जिल्लाका ९४ जना युवा मिलेर लमजुङमा सामूहिक कृषि शुरु गरेका छन् ।

इजरायलमा अध्ययन र प्रयोगात्मक सीप सिकेर नेपाल फर्किएका ती युवाले सामूहिक कृषि व्यवसाय शुरु गरेका हुन् ।

सुन्दरबजार नगरपालिका–३, चन्द्रेश्वरमा आरभा नेपाल मोर्डन एग्रिकल्चर नामक कम्पनी सञ्चालनमा ल्याई सामूहिक कृषि पेशा शुरु गरेका हुन् । आधुनिक कृषिका लागि युवालाई आकर्षण गर्ने गरी कार्य शुरु गरिएको कम्पनीका अध्यक्ष विनोद घिमिरेले बताउनुभयो ।

अध्ययनका लागि इजरायल पुगेका युवाले प्रयोगात्मक सीपका लागि आरभा मरुभूमिमा काम गर्दाको अनुभवले नेपालमा फर्किन उत्प्रेरित भएको बताएका छन् । त्यहाँको प्रविधि अपनाउँदै नेपालमा नमूना कृषि परियोजना सञ्चालन गर्न लागेको उनीहरुको भनाइ छ ।

“आरभा मरुभूमि हो, जहाँ माटो, पानी अर्कै ठाउँबाट ल्याइन्छ”, अध्यक्ष घिमिरेले भन्नुभयो, “हामीसँग मरुभूमिमा फल फलाएको अनुभव छ, अब आफ्नै माटोमा पनि फलाउँछौँ ।”

तरकारीखेतीका साथै गाई, बाख्रा, कुखुरा, हाँस माछापालन कृषि तालीम केन्द्र सञ्चालन गर्ने योजना रहेको घिमिरेको भनाइ छ । व्यावसायिक र सामूहिक कृषिसँगै कृषि पर्यटनको विकास गर्ने लक्ष्य रहेको घिमिरेले बताउनुभयो ।

करिब रु १७ करोड लगानी गर्ने योजना रहेको सो व्यवसायका लागि रु तीन करोडभन्दा बढीको भौतिक संरचना निर्माण भइसकेको छ । कृषि व्यवसायका लागि २२० रोपनी जग्गा खरिद गरी भौतिक संरचना निर्माण गरिएको छ ।

कृषि फार्ममा एकसय गाई पाल्न सक्ने गोठ, ३०० बाख्रा पाल्न सक्ने आधुनिक खोर, १० हजार कुखुरा पाल्न सक्ने कुखुराको खोर निर्माण गरी सकिएको कम्पनीका सञ्चालक कृष्णप्रसाद बजगाईंले बताउनुभयो ।

अझै जग्गा खरिदको प्रक्रियामा रहेको उहाँको भनाइ छ । आफूहरुसँग परिश्रम गर्ने क्षमता र सीप भएको भन्दै व्यावसायिक हितका लागि सहकार्य गर्न सबैसँग आग्रह गर्नुभयो ।

नेपाल फर्किएपछि देशका लागि कृषि क्षेत्रमा केही नमूना काम गर्ने लक्ष्यसहित इजरायलमा कृषि अध्ययनकै क्रममा यो परियोजनाको खाका तयार पारिएको सञ्चालक देवराज आचार्यले बताउनुभयो ।

पछिल्लो समय स्थानीयवासीले शेयरको नाममा जग्गा पनि प्रदान गरेका छन् । लमजुङको परियोजना सञ्चालनपछि १० वर्षभित्रमा सातवटै प्रदेशमा यस्ता कृषि परियोजना स्थापना गरी कृषि क्षेत्रमा नयाँ आयाम ल्याउने कम्पनीको विश्वास छ । रासस 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan