Thursday 19th of October | २०७४ कार्तिक २ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रौतहट पुरै जलमग्न, बकैया नदीनै गाउँ पस्दा सयौँ घर डुवानमा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २८ शनिबार
newsabhiyan

गौर (रौतहट), २८ साउन । तीन दिनदेखि अविरल वर्षाबाट रौतहटको बकैया नदीमा आएको बाढी गाउँ पसेपछि सयौँ घरका बासिन्दा विस्थापित भएका छन् ।

देवाही गुनाही गाउँपालिकाअन्तर्गत रहेको साविक देवाही गाविस–८ र ९ का टोलमा बकैया नदीको तटबन्ध भत्काएर गाउँ पसेको हो । बकैया नदीले बाँध कटान गरेपछि देवाही गाविस–८ का करिब एकसय भन्दा बढी घर डुबानमा परेको स्थानीय शेख फुलबाबुले बताउनुभयो ।

त्यसैगरी, सोही नदीले करुनिया गाविस–४ मा बाँध फुटाएर बाढी गाउँमा पसेको छ । सो गाउँमा पनि सयभन्दा बढी घर डुबानमा परेको फुलबाबुले जानकारी दिनुभयो । उक्त ठाउँमा अहिले उद्धारका लागि प्रहरी पुगेको छ ।

वर्षाको पानीले जिल्लाको पूुर्वीभेग – मत्सरी, सरुअठा, मलहनिया, समनपुुर, पश्चिमी भेगका देवाही, करुनिया, जिंगडवा, मर्यादपुर, इनरवा, मटिअर्वा, कटहरिया, कर्कच कर्मैया, भसेढवा, बडका बडेरवा, फतुुआ, हर्षाहा, लक्षमिनिया, शीतलपुर, बरगिनियालगायत चारदर्जन भन्दा बढी गाँउ डुुबानमा परेका छन् ।

अविरल पानी पर्दा बाढीले सदरमुकाम गौर, झुन्खुन्वा राजदेवी, बेलबिछवा, ब्रहमपुरी, बडहर्वा, वसतपुरलगायतका गाउँ डुबेको राष्ट्रिय जनता पार्टीका महासचिव अजय गुप्ताले जानकारी दिनुभयो ।

पानीको बाढीले गरुडाको झाँझपुल नजिकै दुुईवटा विद्युुतको पोल ढलेपछि दक्षिणी भेगमा विद्युत सेवासमेत अवरुद्ध भएको छ ।

प्रमुख जिल्ला अधिकारी उद्धबबहादुर थापाले अविरल पानीले जिल्ला पुरै डुबानमा परेको तर हालसम्म मानवीय क्षति भने नभएको जानकारी दिनुभयो ।

जिल्लाको बकैया नदीको बहाब बढ्दै गएका कारण सो क्षेत्रका बासिन्दालाई सुरक्षितस्थलतर्फ लैजाने काम भइरहेको उहाँले बताउनुभयो । रासस
 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan