Wednesday 14th of November | २०७५ कार्तिक २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मोडल तथा नायिका खुश्बुको चर्चा अनि व्यस्तता

न्यूजअभियान | प्रकाशित मिति : २०७४ भदौ ३ शनिबार |
newsabhiyan

काठमाडौँ । पछिल्लो समय चर्चाको शिखरमा पुग्न सफल तथा एक पछि अर्को गर्दै दर्जनौ राष्ट्रिय अवार्ड बाट सम्मानित भएकी मोडल तथा नायिका खुश्बु खड्काको व्यस्तता पनि बढ्दै गएको छ l

यो बर्ष मात्र आधा दर्जन भन्दा बढी चलचित्र तथा म्युजिक अवार्ड बाट बेष्ट मोडल र नायिकाको उपाधि हात पारेर सम्मानित भएकी मोडल तथा नायिका खुश्बु खड्काको अभिनयको तारिफ अहिले चलचित्र क्षेत्रमा जता त्यतै बढ्दै गएको छ l 

अभिनय तथा नृत्यमा पोख्त नायिका खुश्बु खड्का सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन, चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनी प्रतिको आकर्षण हो l 

चलचित्र हुदै मोडलिङ क्षेत्रमा प्रवेश गरेर स्थापित नायिकाको रुपमा आफुलाई उभ्याउन नायिका खुश्बु खड्का सुन्दर अनुहार र मिलेको शरीरका कारण चर्चामा छिन् । केहि चलचित्रमा अभिनय गरेर ख्याति कमाएकी  खुश्बुले दर्जनौ म्युजिक भिडियोहरूमा आफ्नो अभिनय कौशल प्रस्तुत गरेर लाखौ दर्शकहरुको मनमा छाप छोड्न सफल भएकी छिन ।

नेपाली फिल्मका लागि निकै सम्भावना बोकेकी नायिका खुश्बु सधै हासेर बोल्ने हसिलो तथा फरासिलो स्वभाबकि छिन l सुन्दरी नायिका खुश्बुले सायना फिल्म मार्फत अभिनय क्षेत्रमा प्रवेश गरेकी हुन l नायिका खुस्बु खड्काले ६  दर्जन भन्दा बेसी म्युजिक भिडियोमा कुशल अभिनय प्रदर्शन गरिसकेकी छिन् ।

सिन्धुपाल्चोकमा जन्मिएकी खुश्बुले हालसम्म ‘सुकुल गुन्डा’, ‘उहिले बाजेको पालामा’, ‘सिस्टम’, ‘दीपज्योति’ जुनी लगायत चलचित्रमा लिड रोल गरेकी छिन् ।

राष्ट्रिय स्तरकी तेक्वान्दो खेलाडी समेत रहेकी सुन्दरी तथा बहुप्रतिभाशाली नायिका खुश्बु खड्का एक्सन तथा लभ स्टोरी चलचित्रमा बेसी रुचि रहेको कुरा पनि जानकारी गराउछिन l


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan