Sunday 23rd of September | २०७५ असोज ७ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुरक्षा दिई चलाइएको बसमा ढुङ्गा प्रहार

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
newsabhiyan

चितवन । वैद्य नेतृत्वको ३३ दलीय मोर्चाले आह्वान गरेको बन्दका क्रममा सुरक्षा दिई चलाइएको एउटा यात्रुबाहक बसमा बन्दकर्ताले ढुङ्गा प्रहार गरी सामान्य क्षति पु¥याएका छन् ।

इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरीक्षक इन्द्रबहादुर थापाका अनुसार काठमाडौँतर्फ जाँदै गरेको ना५ख ४१८७ नंको यात्रुबाहक बसमा पूर्वि चितवनको चैनपुरस्थित लदरी खोला पुल नजिकै आज बिहान बन्दकर्ताले ढुङ्गा प्रहार गरी क्षति पु¥याएका हुन् ।

एक सय ९५ वटा गाडीलाई सुरक्षा दिई गन्तव्यतर्फ पठाउने क्रममा मोटरसाइकलमा आएका व्यक्तिले बीचको गाडीमा ढुङ्गा हानेको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।

यसैबीच भरतपुरको हाकिम चोक नजिकै मिनीट्रकमा समेत तोडफोड भएको छ । भरतपुरको चौबीसकोठीबाट हाकिम चोकतर्फ जॉदै गरेको ना४ख ७४१५ नंको मिनीट्रकमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले बताउनुभयो ।

बन्दका कारण चितवनको जनजीवन बिहानैदेखि प्रभावित भएको छ । राजमार्गमा लामो तथा छोटो दूरीका कुनै पनि सवारी साधन सञ्चालनमा आएका छैनन् । बजार व्यवसाय पूर्ण रुपमा ठप्प छ । उद्योग, कलकारखानासमेत पूर्ण रुपमा बन्द भएका छन् । रासस


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan