Thursday 19th of July | २०७५ श्रावण ३ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रपति डा.रामवरण यादवले नयाँ संविधान २०७२ को घोषणा

संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको घोषणा

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । राष्ट्रपति डा.रामवरण यादवले नयाँ संविधान २०७२ को घोषणा गर्नुभयो । संविधानसभामा उपस्थित सम्पुर्ण सभासदहरुद्धारा तालि बजाएर स्वागत गर्नुभएको थियो । आज देखि नै नेपाली जनताले नयाँ संविधान पाएका छन् ।  

संविधानसभामा राष्ट्रपतिले संविधानका प्रतिहरुमा हस्ताक्षर गरी संविधान घोषणा गरेका हुन् । राष्ट्रपतिको यो घोषणासँगै जनताको नयाँ संविधान सार्वजनिक भएको हो  ।

राष्ट्रपतिले संविधानसभामा आयोजित विशेष समारोहमा नेपालको संविधान २०७२ आजैका मितिदेखि प्रारम्भ भएको घोषणा समेत गरे ।

 
आजैका मितिदेखि देशले औपचारिकरुपमा नयाँ संविधान पाएको छ भने अन्तरिम संविधान २०६३ स्वतः खारेज भएको छ । संविधानसभामा आयोजित भव्य समारोहमा नेपालका प्रथम राष्ट्रपतिले संविधान जारी गरेका हुन् ।

राष्ट्रपति रामवरण यादवले सम्पुर्ण देशवासीहरुलाई बधाई तथा शुुभकामनाको सन्देश दिनुभएको छ ।  यो संविधानसँगै नेपाल अब संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको घोषणा समेत गर्नुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan