Monday 23rd of April | २०७५ बैशाख १० सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उद्योग वाणिज्य सङ्घका अध्यक्षको घरमा बम फेला

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
newsabhiyan

खोटाङ । उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र लयालुको घरमा बम फेला परेको छ । बन्दकर्ताले राति राखेको अनुमान गरिएको बम आज बिहान फेला गरेको हो ।

बन्दकर्ताले आइतबार आह्वान गरेको बन्दलाई वाणिज्य सङ्घको आह्वानमा बन्द अवज्ञा भएको निष्कर्ष निकाल्दै आफ्नो घरमा बम राखेको हुनसक्ने अध्यक्ष लयालुको भनाइ छ । सङ्घीय समाजवादी फोरम, नेकपा–माओवादी र नेकपा माओवादीले आइतबार आह्वान गरेको जिल्ला बन्दमा व्यापारीले अवज्ञा गरेका थिए ।

लयालुको घरमा होसियार लेखेर छाडिएको बम नेपाली सेनाको डिस्पोजल टोलीले भर्खरै निष्क्रिय बनाएको छ । सेनाले निष्क्रिय बनाएको बमका बारेमा यकिन जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

बन्दकर्तामध्येका सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य सनबहादुर राईले बन्द अवज्ञा गरेर आन्दोलनलाई कमजोर बनाउन खोजेको आरोप लगाउनुभयो । रासस 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan