Wednesday 19th of December | २०७५ पौष ४ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विराटनगरमा गोली चल्यो, तीन घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
newsabhiyan

विराटनगर । विराटनगरमा आज मध्याह्न प्रहरीले प्रहार गरेको गोलीबाट तीनजना घाइते भएका छन् ।

विराटनगर–७ बस्ने १४ वर्षीय अजय सहनी, २० वर्षीया पिङ्की केशरी र १८ वर्षीय विशाल केशरी घाइते भएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।

सहनीलाई बायाँ करङमा, केशरीलाई दाहिने काखीमुनि र विशाल केशरीलाई गालामा लागेर गोली चिप्लिएको प्रहरी नायब उपरीक्षक प्रमोद खरेलले जानकारी गराउनुभयो । तीनैजनाको गोल्डेन अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था खतरामुक्त रहेकोे उहाँले बताउनुभयो ।

विराटनगरको महावीर चोकमा बिहानैदेखि संयुक्त मधेसी मोर्चाका कार्यकर्ताहरुले टायर बालेर विरोधका कार्यक्रम सुरु गरेपछि अवस्था तनावपूर्ण बनेको हो । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन सुरुमा अश्रुग्यास प्रहार गरेको र अवस्था नियन्त्रणमा आउन नसकेपछि गोली चलाएको प्रहरी नायब उपरीक्षक खरेलले बताउनुभयो ।

विराटनगरको धरानरोडअन्तर्गतका महावीर चोकदेखि शनि मन्दिरसम्मको अवस्था अहिले तनावपूर्ण छ । रासस 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan