Friday 16th of November | २०७५ कार्तिक ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मजदुरको ठूलो अभाव छ “आफ्नै देश फर्कौ यहाँ ”

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । भूकम्पपछि पुनर्निर्माण कसरी गर्न सकिन्छ भन्नेबारे छलफल थालिएको छ । अर्थमन्त्री डा। रामशरण महत आफैंले विज्ञहरुबाट सुझाव लिई रहेका छन् ।

विज्ञहरुमा एउटा ठुलो चिन्ता छ , पुनर्निर्माणका लागि नेपालमा मजदुरको ठूलो अभाव छ ।’ प्रधानमन्त्री सुशील कोइरालाका विकास मामिला सल्लाहकार डा.बिजन पन्त भन्छन – ‘अब देशलाई ठूलो संख्यामा लेबरहरु चाहिन्छ, हामीले खाडी मुलुकमा गएका नेपाली युवालाई स्वदेश फर्काउनुपर्छ । र, अमेरिका युरोपतिर गएका दक्ष नेपालीलाई पनि स्वदेश फर्काउनुपर्छ ।’ कसरी फर्काउने नेपाल रु देशमा रोजगारी नपाएर जिविकोपार्जनका लागि अरबको भूमिमा पुगेका लाखौं नेपालीलाई कसरी स्वदेश फर्काउन सकिएला ?

यो प्रश्नमा प्रधानमन्त्रीका सल्लाहकार पन्त भन्छन – ‘नेपालमा हुने पुनर्निर्माणको काममा उनीहरुलाई बढी तलबको व्यवस्था गर्नुपर्छ, नेपाल र्फकने निशुल्क प्लेन भाडाको व्यवस्था गर्नुपर्छ र नवनिर्माणपछि नेपालमै उद्योग व्यवसाय गर्न चाहेमा उनीहरुलाई राज्यले सहुलियत ऋण उपलब्ध गराउनुपर्छ ।’ सरकारले विदेशमा रहेका युवालाई यस्तो सुविधा दिने हो भने उनीहरु स्वदेश र्फकने र नवनिर्माणमा सहभागी भई आफ्नै देशमा बस्ने डा. पन्त दाबी गर्छन । दोस्रो दर्जाको नागरिक भएर नबस्नोस् प्रधानमन्त्रीका सल्लाहकार डा. पन्तले युरोप र अमेरिकामा बसिरहेका नेपालीलाई पनि स्वदेश फर्केर नवर्निर्माणमा लाग्न आग्रह गरेक छन् ।

त्यहाँ दोस्रो दर्जाको नागरिक भएर बस्नुभन्दा आफ्नो देशलाई संकट परेका बेला यहीँ फर्केर केही गर्न उनले आग्रह गरेका हुन् । ‘के तपाईहरुसँग देशप्रतिको जिम्मेवारी छैन रु नेपालमा यतिबेला तपाईहरुको आफ्नै घर भत्किएको छ,’ पन्तले विदेशमा बस्ने दाजुभाइलाई भने, ‘त्यहाँ तपाईहरु दोस्रो दर्जाकै नागरिक हुने हो, अब स्वदेशमा आएर पहिलो दर्जाको हुने कि उतै बस्ने रु’ संसारका अधिकांश देशमा आप्रवासनमा गएका नागरिकहरु फर्केर विकास सम्भव भएको डा। पन्तले बताए ।

उनले भने ,‘कोरिया यसैगरी बनेको हो, भारत र चीनमा पनि विकसित राष्ट्रबाट फर्केका नागरिककै कारण विकास सम्भव भएको हो ।’ राज्यसँग तलब नमागौं विकसित देशमा बसोबास गरिरहेका दक्ष नेपालीहरुले चाररपाँच वर्षमात्रै भए पनि स्वदेश फर्केर योगदान गर्नुपर्ने डा। पन्तको सुझाव छ । ‘अहिल्यै सबै मिलेर देशका लागि केही गरौं,’ उनले भने, ‘ढीलो गर्‍यौं भने देश डुबिसकेको हुनेछ, हामी सबै एउटै डुंगामा डुबिसकेका हुनेछौं ।’

विकसित मुलुकमा गएर सीप आर्जन गरेका नागरिकहरुले राज्यले पर्याप्त तलब र जागिर दिन्छ कि दिँदैन भनेर सोचिरहनुभन्दा स्वदेश फर्केर आफैंले रोजगारी सिर्जना गरेर देशलाई मद्दत गर्नुपर्ने डा। पन्तको सुझाव छ । अनलाइन खबरको सहयोगमा यो सामाग्री तयार भएको हो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan