Wednesday 14th of November | २०७५ कार्तिक २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एरिलको पहिरन देखेर सबै दंग

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ३ मंगलबार |
newsabhiyan
newsabhiyan

न्युयोर्क । २०१७ को एम्मी अवार्डमा ‘मोर्डन फेमेली’ का महिलाहरु आफ्नो प्रभाव छाड्न सफल भए। पहिले साराह हेल्यान्डले आफ्नो ‘कट–आउट’ ड्रेसले सबैलाई चकित तुल्याइन्।

यसपछि झुल्किएकी सोफिया भेर्गारा विवाहको आकर्षक गाउनमा देखिइन्। अन्त्यमा एरिल विन्टरको भुइँसम्मै लत्रिएको खुट्टाको माथिल्लो भागमा दुवैतिर खुलेकाे लुगाले सबैको ध्यान खिच्यो।

एरिलको शृंखला उत्कृष्ट कमेडीको मनोनयनमा परेको थियो। उनी समारोहमा भाग लिन घाँटीदेखि खुट्टासम्मै लत्रिएको ‘हाई नेकलिन’ लुगामा सजिएकी थिइन्। उनको पहिरन अस्ट्रेलियाका स्टेभन खलिलले डिजाइन गरेका थिए।

उनको पहिरनको यसकारण पनि चर्चा चलेको थियो कि अन्य कलाकारको पहिरनमा खुट्टाको माथिल्लो भागमा एकापट्टि मात्र खुलेको डिजाइन हुने गर्थ्यो।

पहिलो पल्ट खुट्टाको माथिल्लो भागमा दुवैतर्फ खुलेकाे डिजाइन देखेपछि सबैको आँखा एरिलको पहिरनमा परेको थियो।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan