Thursday 14th of December | २०७४ मङ्सिर २८ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ललितपुर कांग्रेसलाई लाग्यो चुनाव: टिकट हत्याउन तँछाड मँछाड

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ६ शुक्रबार
newsabhiyan
newsabhiyan

ललितपुर । आउँदो मंसिर १० र २१ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि विभिन्न राजनीतिक दलका नेताहरु आफ्नो नाममा टिकट हत्याउन तँछाड मँछाड गर्दै गरेको समयमा ललितपुर कांग्रेसमा पनि राजनीतिक गरमागर्मी ह्वात्तै बढेको छ । जिल्ला नेताहरु शिर्ष नेताहरुको घरदैलोमा भिड लाग्ने क्रम बढेको छ ।

ललितपुर जिल्लामा पनि यही मंसिर २१ गते हुने निर्वाचनका लागि प्रदेश सभा र प्रतिनिधि सभाको टिकट हत्याउन ललितपुरका कांग्रेसी नेताहरु चाडवाड नभनि रस्साकस्सीमा लागेकाछन् ।

ललितपुरको तीन वडा क्षेत्रमा प्रतिनिधि सभामा क्षेत्र नं. १ बाट सांसदमा विजयी बनेका अर्थराज्य मन्त्री उदय शमशेर राणा र मथुरा प्रसाद घिमिरेबीच टिकटका लागि ठुलै रडाको मच्निे पक्कापक्कि देखिएको छ । त्यसैगरि क्षेत्र नं. २ मा सांसद चन्द्र महर्जन र रामकृष्ण चित्रकारको नाम अगाडि छ । अर्को क्षेत्र नं. ३ मा ललितपुर जिल्लाका पार्टी सभापतिसमेत रहेका मदनबहादुर अमात्य अघि सरेकाले अन्य नेता तै चुप मै चुपको अवस्थामा रहेकाछन् ।

अमात्यको नेतृत्वमा गएको २०७० सालको संविधान सभाको निर्वाचनमा लालकिल्लाका रुपमा रहेको ललितपुरलाई लाल किल्ला तोड्न सफल बनेका र गएको स्थानीय निर्वाचनमा ललितपुर महानगर, गोदावरी नगरपालिका, बागमती गाउँपालिकामा नेपाली कांग्रेसलाई विजय गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण पनि अमात्य बाहेकको बिकल्प नभएको ललितपुर कांग्रेसीहरुबीच चर्चा छ ।
त्यसैगरी, ललितपुर क्षेत्र नं. १ को (क) प्रदेश सभामा लामो समय पार्टीका विभिन्न पदहरुमा बसी पार्टी सुदृढिकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै दुई पटक गाविस अध्यक्षसमेत भइसकेका ऋषिराम घिमिरेको नाम चर्चामा छ । त्यसैगरि ,क्षेत्रिय शभापतिको जिम्मेवारी समालिसकेका देविराम डंगोलको पनि चर्चा चत्तिकै छ । 

त्यस्तै, क्षेत्र नं। १ कै (ख) प्रदेश सभामा नेपाली कांग्रेस युवा नेता मीनकृष्ण महर्जनको नाम यतिबेला निकै चर्चामा छ । महर्जन ललितपुर क्षेत्र नं. १ का निकै लोकप्रिय युवा नेताका रुपमा परिचित छन् । उनले आफ्नो क्षेत्रमा सक्रिय भएर जनताको काम गरेकाले पनि उनलाई बढि रुचाइएको हो । महर्जन राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष समेत हुन् ।

त्यसैगरी, क्षेत्र नं. २ (क) को प्रदेश सभामा प्रकाश नन्दन जोशी, प्रेमकृष्ण महर्जन, शान्ति महर्जन र फरिन्दा महर्जनको नाम चर्चा चलेको छ भने क्षेत्र नं। २ (ख) मा महेन्द्र देव सिंह र गणेश सिलवालको नाम चर्चामा छ ।

त्यस्तै, क्षेत्र नं। ३ (क) मा जित जंग बस्नेत, प्रमोद शर्मा, जितेन्द्र (मलेखु) श्रेष्ठ र भरतलाल न्याछ्योको नाम चर्चामा छ भने क्षेत्र नं। ३ (ख) मा उर्मिला केसी, नवराज महत, धन खतिवडा र चक्र महर्जनको नाम चर्चामा छ ।

यी चार मध्ये पार्टीलाई लामो समयदेखि योगदान गरेको र सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय बन्दै आएकी उर्मिला केसीको माहोल निकै राम्रो रहेको चर्चा कांग्रेसबीच चल्ने गरेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan