Wednesday 18th of October | २०७४ कार्तिक १ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लायन्स नाइटमा रमाए पोखरेली

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ६ शुक्रबार
newsabhiyan
newsabhiyan

पोखरा, ६ असोज । लायन्स क्लब अफ पोखरा टुरिजम सिटीको आयोजनामा लायन्स नाइट कार्यक्रम पोखरामा सम्पन्न भयो । बिहिबार साँग्रिला भिलेज रिसोर्टमा सम्पन्न कार्यक्रममा  डिमर्चा, लक्ष्य ब्याण्ड, दिक्षा जे थापा तथा नवगायक प्रदिप कुँवर , किसन गिरी र जोनले गीत गाए ।

सोही अवसरमा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ बि वानका गर्भनर लायन धनराज आचार्य उनका पत्नी पुष्प आचार्य र मल्टिपल काउन्सिल चियरपर्सन लायन बालकृष्ण बुर्लाकोटीलाई सम्मान गरेको थियो ।

क्लबले हरेक बर्ष घटस्थापनाका दिन गर्भनर सम्मान तथा सांगितिक कार्यक्रम लायन्स नाइट गर्दै आएको छ । सम्मान पश्चात बोल्दै गर्भनर आचार्यले  लायन्स स्थापनाको सय बर्षको सन्दर्भमा बिभिन्न रचनात्मक काम गर्ने बताउदै पढाऔँ अभियान शुरु गरेको बताए । ‘अभियानमा अहिले  सम्म झण्डै साँडे पाँच करोड रकम जम्मा हुने पक्का भइसकेको छ’ उनले भने ।

कार्यक्रमका प्रमुख अतिथी मल्टिपल काउन्सिल चियरपर्सन तथा निवर्तमान गर्भनर लायन बालकृष्ण बुर्लाकोटीले समाजमा गरिने कार्यक्रमहरु बृहत रुपमा गर्न सके लक्षित बर्ग थप लाभान्वित हुने बताए । उनले शिक्षा, स्वास्थ्य, खेलकुद हरेक क्षेत्रमा लायन्सले लगानी गरेको बताए ।

साँझ ७ बजे शुरु भएको कार्यक्रम राती अबेर ११ बजे सम्म चलेको थियो । लक्ष्य ब्याण्डले दशैँको शुभकामना धुन सुनाएर शुरु भएको सांगीतिक कार्यक्रममा डिमर्चाले आफ्नो चल्तीका गीत सुनाएर दर्शक नचाएका थिए ।

दिक्षा जे थापाले डाली डाली फुल फुल्यो, प्रिती बस्यो लगायतका कभर सङ्ग सुनाए भने प्रदिप कुँवर र किसन गिरीले परलीमा लुकाइ राख बोलको गीत गाएका थिए । कार्यक्रममा लायन लिडर राजेन्द्र बाटाजु, क्लबका निबर्तमान अध्यक्ष सुदीप पौडेल, भिम क्षेत्री लगायतले बोलेका थिए ।

क्लबका अध्यक्ष बिष्णुबाबु खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तृतिय उपाध्यक्ष सन्जय मल्लले सम्मानित ब्यक्तिको ब्यक्तित्वबारे चर्चा गरेका थिए । कार्यक्रमको सञ्चालन क्लबका सचिब किसन गिरी, आयुष श्रेष्ठ र सन्जय मल्लले गरेका थिए । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan