Wednesday 13th of December | २०७४ मङ्सिर २७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुनसरीका सीडीओ सा’पलाई किन लाग्यो छोरी भएर जन्मिन पाएको भएपनि हुुन्थ्यो

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज १३ शुक्रबार
newsabhiyan
newsabhiyan

इनरुवा । नेपाली समाज पुरुष प्रधान समाज हो । यहाँ धेरैले छोरा जन्माउन धेरै छोरीहरुलाई गर्भमै हत्या गराउँछन ।

धेरै चिकित्सकहरु छोरी हत्या गर्ने ब्यवसाय गरेर मालामाल भईरहेका छन ।

‘छोरीलाई अभिसाफ’ भन्नेहरुको यो समाजमा कमि छैन ।

तर सुनसरी प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीलाई भने कुनै बेला छोरी भएर जन्मिएको भए हुन्थ्यो भन्ने लागेछ ।

पुरुषप्रधान समाजमा किन त छोरी बन्ने रहर ? भन्ने जिज्ञासामा उनको जवाफ बडो बालसुलभ जवाफ ।

‘ दशैंमा ठूला वडाको हातबाट टिको लगायो, छोरो भनेर कसैले पैसा दिदैन थिए । छोरीहरु सबैलाई सबै दिन्थे ।

टिका सकिएपछि केटाकेटीहरु कस्ले कति कमायो भनि गन्ने होड चल्थ्यो ।

कसैले यति, कसैले उति भन्ने आफ्नो हात भने रित्तो त्यो बेला मलाई पनि छोरी हुन पाएको भए हुन्थ्यो भन्ने लाग्थ्यो ।’

आफू सानै हुँदा हैजाले मावलीका आफन्तहरु वितेको कारणले सीडीओ पराजुलीलाई जीवन भर मावली नहुनुको पीडा खड्किरह्यो ।

त्यो अभाव अहिले पनि उनको भावबाट ब्यक्त हुन्थ्यो ।

मावली नभएको कारण उनले सबै आफ्ना घरकाहरुसँग टिका लगाउनु पर्दथ्यो, जहाँ कसैले पनि दक्षिण दिने कुरै भएन ।

पराजुली भन्छन,‘ मेरो मावली हुनु हुन्न थियो ।

अरु मावल जान्थे दक्षिण ल्याउँथे जसले मलाई सधै मावलीको अभाव मन मुटुबाटै खड्कायो ।’

उनको बालसुलभ अवस्थामा नेपाली समाजमा मासु त्यती प्रयाप्त अहिले जस्तो पाईदैन थियो । मासुका पसलहरु थिएनन ।

मासु खान घरमै खसी पाल्नु पर्ने अवस्था थियो । त्यसैकारण मासु खानको लागि दशैको प्रतिक्षा आम नेपालीको नियती नै थियो ।

उनी भन्छन,‘ त्यो समयमा बस्तु भन्दा पैसा महंगो थियो ।

१५–१८ रुपैया किलो पाईने मासु अहिले जस्तो जतिबेला मन लाग्यो खान सक्ने अवस्था रहँदैन । त्यसैले मासु खान दशैं पर्खिनु पर्ने चलन थियो ।’

पराजुलीले थपे,‘ दशैं स्पेशल रुपमा मासु खाने पर्व थियो । दशैलाई भनेर धेरै अघि देखि नै खसी घरमा पालिन्थ्यो ।

हामी केटाकेटीहरुबिच कस्ले बढी खसीलाई घास खुवाउने भन्ने होड चल्थ्यो । कहिले काही त बढी खाएर होला खसी विरामी समेत पर्दथ्यो ।’

कक्षा सातसम्म अध्ययन गर्दा हाफ पाईन्ट र सुरुवाल लगाउने प्रजिअ पराजुलीको लागि दशैको अर्को महत्व थियो नयाँ लुगा लगाउने ।

दशैंको लागि लुगा बालीमा सिलाउने दर्जिकोमा कपडा दिएपछि लुगा सिलाए कि सिलाएनन भनेर पटक पटक सोध्न गएको रोमाञ्चक अनुभव उनीसँग छ ।

वर्ष दिनदेखि नै दशैंको प्रतिक्षाले बनाउने रोमाञ्चकता भने अब विस्तारै विस्तारै हराउँदै गएको र अहिले

केवल औपचारिकतामा मात्रै सिमित हुन थालेको पराजुली बताउँछन ।

उनी भन्छन,‘ पहिला दशैको तयारी पहिला देखि नै परिवार मिलेर गर्दथो तर अहिले जति खेर मन लाग्यो मासु खायो, लुगा सबै रेडिमेड पाई हालिन्छ ।

दशैको रौनकहरु हराउँदै गयो अहिले त औपचारिकतामा मात्रै सिमित भईसकेको छ ।’
अहिले विराटनगरमा बुबा आमा रहेको, आमा मासु नखाने, बुबालाई प्रेसर, सुगर भएकोले मासु खाने चलन हराएको उनले बताए ।

उनी यसपटकको दशैंमा टिकाकै दिन विहान गएर बुबा आमासँगै विराटनगरमै रहेको ससुरालीको मा टिका लगाएर सोही दिन फर्किने योजनामा छन ।

उनी भन्छन,‘ जिल्लाको प्रमुख भएपछि सबै खाले जिम्मेवारी बोक्नु पर्छ ।

त्यसैले दशैको विदाको सबै रात सदरमुकाम इनरुवामै बसेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने योजनमा छु ।

सुनसरी जिल्लाको पूर्व कुशाहामा जन्मिएर सुनसरी क्याम्पसको पहिलो ब्याचको रुपमा प्रमाणपत्र तहको अध्ययन गरेका प्रजिअ पराजुली यहाँका रैथाने हुन ।

इनरुवामा सहकारीको खरदार जागिर खाँदै क्याम्पस पढेका उनीसँग त्यो बेलाको दशैं र यहाँको बजारको अवस्थाको विषयमा धेरै स्मरण र अनुभवहरु छन ।

२५५ रुपैयाको खरिदारको जागिर र अडिटरसमेत भएकोले अतिरिक्त पाउने ९९ रुपैया मासिक तलबबाट उनी ३० रुपैया महिनामा

अहिलेको रोयल होटल भएको ठाँउमा रहेको डिकबहादुर कार्कीको घरमा कोठा भाडा लिएर बस्थे र हरि खतिवडाको

होटलमा मासिक ४ छाक खानासहित ७२ रुपैयामा महिनाबारी खाना खान्थे ।

अविवाहित रहेको र घरमा खर्च पनि पठाउनु नपर्ने कारणले गर्दा उनलाई त्यती तलब पढ्न, बस्न, खान र मनोरञ्जन गर्न प्रयाप्त हुन्थ्यो । बर्णमालाको साथमा ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan