Thursday 14th of December | २०७४ मङ्सिर २८ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आमा बन्नासाथ सेलिना जेट्लीको जीवनमा यस्तो बज्रपात

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज १७ मंगलबार
newsabhiyan
newsabhiyan

मुम्बइ। तीन साताअघि जुम्ल्याहा बच्चा जन्माएकी बलिउड अभिनेत्री सेलिना जेट्लीको जीवनमा निकै ठूलो बज्रपात परेको छ ।

उनले १० सेप्टेम्बरका दिन दोस्रोपटक जुम्ल्याहा बच्चा जन्माएकी थिइन् ।

दुबइको अस्पतालमा आफूले जुम्ल्याहा बच्चा जन्माएको खबर उनले फेसबुकमार्फत शेयर गरेकी थिइन् ।

तर, उनको यो खुसी केही समयमै दुःखमा बदलिएको छ ।

उनका जुम्ल्याहा सन्तानमध्ये एकको हिजो मृत्यु भएको छ । सेलिनाले आफ्ना सन्तानको नाम अर्थुर र समशेर राखेकी थिइन् ।

तीमध्ये समशेरको मुटुको धड्कन निकै मन्द थियो । यही कारण उनको अस्पतालमा मृत्यु भएको हो ।

सेलिनाका यसअघि पनि जुम्ल्याहा बच्चा छन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan