Wednesday 18th of October | २०७४ कार्तिक १ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ढिला भएपनि प्रष्ट धुव्रीकरण,एमाले र माओवादी केन्द्र मिल्दा कांग्रेस खुसी !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज १७ मंगलबार
newsabhiyan
newsabhiyan

डा. शेखर कोइराला, नेता नेपाली कांग्रेस

काठमाडौं १७ असोज । नेकपा एमाले र माओवादी केन्द्रले एकताले कांग्रेस नेता खुसी भएका छन् । कांग्रेसका नेता डा शेखर कोइरालाले ढिला भएपनि प्रष्ट धुव्रीकरण हुन लागेकोले त्यसमा कांग्रेसले खुसी मान्नुपर्ने बताए ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुराकानी गर्दै कांग्रेस नेता कोइरालाले दुई दलको गठबन्धन र एकता स्वभाविक भएकाले त्यसमा आश्चर्य मान्न नपर्ने बताए । यसले प्रजातान्त्रिक शक्ति र कम्युनिष्ट शक्तिबीच प्रष्ट धुव्रकीकरण हुने र त्यो कांग्रेसका लागि सुखद विषय भएको उनले तर्क गरे ।


तर दुईदलको कुराकानीबाट प्रष्ट भने अझै पनि भइ नसकेको उनले दावी गरे । ‘दुईदलबीच एकता र सकार्यकुरा अहिले मात्रै आएको होइन ’ उनले भने, ‘लामो समयअघिदेखि पनि प्रयास भइरहेको छ । जुन जुन दलबीच एकता सहकार्यको कुरा गरोके छ ती पहिला एउटै दलमा थिए । त्यो स्वभाविक नै हो नयाँ कुरा होइन । ’

उनले माओवादीको एएटा पक्ष अझै पनि कांग्रेससँग सहकार्यमा रहेको पनि दावी गरे । कांग्रस नेता प्राश शरण महतले भने एमाले गठबन्धन भत्काउन लागेको आरोप लगाए । ‘संविधान कार्यान्वयन गर्ने, निर्वाचन गर्नेजस्ता राष्ट्रिय इस्युमा माओवादीसहितका दलसँगको गठबन्धनमा हामी अगाडि बढ्दै आएका छौँ । ’

उनले भने, अहिले एमालेले वामपन्थी राष्ट्रवादी शक्तिबीच तालमेल भन्दै आएको छ । कांग्रेस र माओवादीको गठबन्धन तोड्न सकिन्छ कि भनेर लागेको छ । ’


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan