Wednesday 14th of November | २०७५ कार्तिक २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मोडल/गायिका लक्ष्मी आचार्य 'मस्त जवानी'

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज १८ बुधबार |
newsabhiyan

न्यूज अभियान, काठमाडौ । गायिका लक्ष्मी आचार्यले आफ्नो पछिल्लो गीत ‘मस्त जवानी’को भिडियो दर्शकमाझ सार्वजनिक पछी निकै चर्चामा  छिन् । आम दर्शक पाठकले गीतलाई मन पराएर प्रतिक्रिया दिई रहेका छन् ।

बिगतका दिनमा  लोकगीत गाउँदै आएकी चर्चित लक्ष्मीको 'मस्त जवानी'ले चलचित्रमा राखिने  आइटम गीतको झैँ छनक दिन्छ । भिडियोमा मोडल सुष्मा अधिकारी कामुक अवतारमा प्रस्तुत भएकी छिन् ।  गीतमा गायिका लक्ष्मीले पनि मोडलिङ गरेकी छिन् ।

कैलाली टीकापुर मोतीनगरकी लक्ष्मी विगत ५ वर्षदेखि गायन क्षेत्रमै रमाईरहेकी छन् ।  दोहोरी गायनबाट कलाक्षेत्रमा हाम फालेकी लक्ष्मीले तिन चर्चित लोकदोहोरी एल्बम पनि दिई सकेकी छन् । लक्ष्मीका ‘नजिक–नजिक सर्छन्’, ‘तीन साल अमेरिका’, ‘यो मोरीको घैँटोमा कहिले घाम लाग्ने हो’, ‘पाउजु बजाउँछु म’ बोलका दोहोरी भाका गीत पछिल्लो समय निक्कै चर्चित छन् ।  हट मोडेल एवं गायिक लक्ष्मी आचार्यको भित्रि गोप्य कुरा बाहिरियो - भिडियो सहित

लक्ष्मीको नजरमा गायन र मोडलिङ

गायन र मोडलिङ कलाका दुई फरक बिधा हुन् । कमैले मात्र यी दुबै बिधालाई एकसाथ अगाडी बढाउने आट गरेका छन् । तर गायिका लक्ष्मीले भने यी दुबै बिधालाई एक साथ लिएर अगाडी बढेकी छन् ।

संघर्षको दौराणमा  मोतीनगर टिकापुर कैलालीबाट लामो यात्रा गर्दै राजधानीलाई केन्द्र बिन्दु बनाएर बिगत पाँच बर्षदेखी यी दुबै बिधालाई एकसाथ लिएर हिडिरहेकी  बताउछिन् ।

दोहोरी र आधुनीकमा गित गायनमा धेरै फरक भए पनि गायिकाले सबै गित गाउनु पर्छ भन्ने मान्यता लिएर आफुले दुबैमा हात बढाएको सुनाइन् । लक्ष्मी पछिल्लो समय गायनमा मात्र होइन उनि मोडलिङमा पनि उत्तिकै  चिनिएकी छन् । चर्चित गायक खुमन अधिकारी र गायिका लक्ष्मी आचार्यको तिज गीत 'भिटामिन' सार्वजनिक - भिडियो सहित

आफ्ना लोक तथा आधुनीक गितमा आफैले मोडलिङ गरेकी लक्ष्मीले बाहिरको दर्जन भन्दा बढी गितमा समेत मोडलिङ गरेकी बताउछिन् । गायन र मोडलिङ दुबैबाट चर्चा पाएको बताउने लक्ष्मी लोक गितको भन्दा आधुनीक तथा सेन्टीमेन्टल गितको भिडियो मोडलिङबाट धेरै चर्चा मिलेको सुनाउँछिन् ।

मोडलिङमा समाजलाई पच्ने र सकारात्मक चर्चा हुने ग्ल्यामर दिने गरेको बताउने लक्ष्मीको मनमा एउटा रहर भने अझै  अधुरै छ । त्यो हो चलचित्रको गित गाउने । गायनलाई नै निरन्तरता दिदै जाँदा त्यो पनि पुरा हुने उनले न्यूज अभियानलाई  सुनाइन् । लक्ष्मीको आइटम गीत ‘मस्त जवानी’ले भिओर्स बटुल्दै - भिडियो सहित

हालसम्म अबिबाहीत लक्ष्मीलाई घरपरीवारबाट पनि यस क्षेत्रमा आउनुमा सपोट त्यतिकै रहेको बताउँछिन् । लक्ष्मीको  मिजासिली, फरासिलो व्यबहारले पक्कै नेपाली सांगीतिक तथा कला क्षेत्रको खडेरीलाई पुर्ती गर्नेछिन र आफुलाई स्थापित गायीका, मोडल तथा भबिस्यको नायीकाको रुपमा चिनाउने छिन भन्ने कुरामा कुनै दुईमत छैन  ।  अझै आउदा दिनमा निखारता अनि सफलताले छाओस् लक्ष्मीलाई हाम्रो तर्फबाट पनि शुभ कामना   ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan