Wednesday 13th of December | २०७४ मङ्सिर २७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सूर्य चिन्हवालाहरु कस्सिए ! ‘भित्र–भित्रै नयाँ सरकार बनाउने हिसाव किताव’ (संसदको पार्टीगत तथ्य यस्तो छ)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज १९ बिहिबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, १९ असोज । देउवा सरकार ढाल्ने विषयमा सूर्य चिन्हवालाहरु केपी ओली, प्रचण्ड र बाबुराम भट्टराई जोड घटाउमा जुटेका छन् भने उता प्रम देउवा सरकार कसरी टिकाउन र आगामी प्रदेश र संसदको निर्वाचन कसरी जित्न सकिन्छ भनेर हिसाव कितावमा जुटेका छन् ।

सरकार ढाल्ने वाम एकता र एकीकरण हुन लागेको होइन भने पनि नेपालमा रातो सूर्यले राताम्मे पार्न वामपन्थीहरु कम्मर कसेर लागेको देखेर प्रचण्डले केही समयदेखि भन्दै आएको चमत्कार यही रहेछ भन्ने आम जनमानसमा चर्चा सुरु भएको छ ।

संसदमा हाल ५९१ जना सांसद छन् । एमाले १८०, माओवादी केन्द्रका ८१ र नयाँ शक्तिका १ सांसद छन् । तीन दलका गरी जम्मा २६२ जना सांसद रहेका छन् । सरकार बनाउनका लागि ५९१ को बहुमत सांसद आवश्यक पर्छ । सरकार बनाउन अथवा टिकाउनका लागि गठबन्धनलाई कम्तिमा पनि २९६ सांसदको आवश्यकता पर्छ । जसका लागि अझै ३४ जना सांसद अपुग हुन्छन् ।

एमाले नेतृत्वको गठबन्धनलाई नेकपा मालेका ४, राष्ट्रिय जनमोर्चाका ३ र नेमकिपाका ४ सांसद्ले साथ दिएमा अझै २३ सांसद अपुग हुने देखिन्छ । त्यसका लागि विजय गच्छदार, कमल थापा र पशुपतिशमशेर राणामध्ये कसैले साथ दिनुपर्ने हुन्छ ।

तिमध्ये दुई दल अहिले नै सरकारमा छन् कमल थापाले साथ दिए साना दलका बाँकी ४ सांसद अझै आवश्यक पर्ने देखिन्छ । त्यसैले पनि अहिलेको अवस्थामा सरकार बनाउन त्यति सहज भने देखिँदैन । राप्रपासहित अहिलेको सरकारमा सहभागीमध्ये गच्छदार र राणाले वाम गठबन्धनलाई सहयोग गरे भने नयाँ सरकार बन्न सक्छ ।

संसदको पार्टीगत तथ्य यस्तो छ–
कांग्रेस २०७
एमाले १८०
माओवादी ८१
राजपा २५
राप्रपा १९
नेपाल लोकतान्त्रिक फोरम १८
राप्रपा प्रजातान्त्रिक १८
संघीय समाजवादी फोरम १५
माले ५
नेमकिपा ४
राजमो ३
नेकपा संयुक्त ३
परिवार दल २
बहुजन शक्ति पार्टी १
संघीय लोकतान्त्रिक थरुहट १
समाजवादी जनता पार्टी १
नेपाली जनता दल १
वौद्धिक जनतान्त्रिक परिषद नेपाल १
खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल १
अखण्ड नेपाल पार्टी १
जनजागरण पार्टी १
मधेस समता पार्टी नेपाल १
नयाँ शक्ति पार्टी नेपाल १
स्वतन्त्र १
यो संसदको म्याद कार्तिक ५ गतेसम्मका लागि मात्र हो । त्यसपछि संसदको पदावधि सकिनेछ र अर्को चुनावपछिमात्र नयाँ संसदको संरचना देखिनेछ ।

यो पनि पढ्नुहोस् । ,प्रधानमन्त्री देउवालाई माओवादी केन्द्रको थ्रेट ! 'एमाले र माओवादी केन्द्रले जनतालाई हली र गोठाला नठाने हुन्छ' - कांग्रेस


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan