Saturday 21st of October | २०७४ कार्तिक ४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

निरास भएका प्रधानमन्त्री देउवा फेरि चम्किए ! 'यादव र थापाको साथ पाए पछि प्रचण्डका मन्त्रीहरु हटाउने'

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज १९ बिहिबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान,काठमाडौं, १९ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डलबाट सत्तारुढ दल नेकपा माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गर्ने तयारी गरेको खुलासा भएको छ । वाम गठबन्धनबाट निरास भएका प्रधानमन्त्री देउवा फेरि चम्किएकाछन् ।

उपेन्द्र यादव र कमल थापाहरुको साथ पाए पछि प्रचण्डका मन्त्रीहरु हटाउने  तयारी भइरहेको छ । सत्ताका लागि यादव र थापा वार्ता भइरहेको छ ।

सरकारको मुख्य सहयोगी दल माओवादी केन्द्रका सबै मन्त्रीहरुलाई सरकारबाट बर्खास्त गर्ने उनले तयारी गरेको आज खुलासा भएको छ । मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको चुनावमा एमाले–माओवादी र नयाँ शक्तिले तालमेल र चुनावपछि पार्टी एकतासमेतको तयारी गरेपछि संसदमा प्रतिनिधित्व गर्ने अन्य दलहरुसँग परामर्श गरेको कांग्रेसले माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्ने तयारी अघि बढाएको हो ।

एमालेसँग चुनावी तालमेल गर्ने सहमति गरेको माओवादीले भने चुनावसम्म सरकारलाई दिएको समर्थन जारी राख्ने निर्णय गरेको छ भने प्रमुख प्रतिपक्षी दल एमालेले पनि चुनावका लागि सरकारलाई सहयोग गर्ने वताउँदै आएको छ ।

तर, कांग्रेसले भने कात्तिक ५ गतेपछि संसद नरहने भएकाले अविश्वास प्रस्तावको खतरा टरेपछि माओवादी मन्त्रीहरुलाई बर्खास्त गरी अन्य दललाई सरकारमा थप्ने तयारी भइरहेको छ ।

एमाले र माओवादीबीच पार्टी एकता अभियान चलेपछि दुवै राप्रपा, फोरम लोकतान्त्रिक लगायतका दलसँग प्रधानमन्त्री शेरबहादुर देउवाले परामर्श गरेका छन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan