Saturday 21st of October | २०७४ कार्तिक ४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिले राप्रपा फुटाए

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २० शुक्रबार
newsabhiyan
newsabhiyan

राप्रपा किन एकिकरण भएको थियो ? एक बर्ष नफुग्दै कसरी फुट्यो ?
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जुन उद्देश्य लिएर एकीकरण भएको थियो, त्यो पूरा गर्न पार्टी नेतृत्वलगायत शीर्ष तहका नेता लागिरहेकै थियौँ । तर, अकस्मात पार्टी विभाजन भयो । विभाजनका स्पष्ट दुई कारण छन् । पहिलो, राप्रपालाई ठूलो पार्टी हुन नदिन र उसले अघि सारेका एजेन्डा असफल पार्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति लागे ।

पार्टीका एजेन्डा असफल पार्ने सजिलो उपाय उनीहरूले पार्टी विभाजनलाई देखे, त्यही अनुरूप रणनीति बनाए र अन्ततः पार्टी फुटाए । राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिको रणनीति सफल पार्न केही नेता पार्टी फुटाउने हतियारका रूपमा प्रयोग भए ।

राप्रपा फुटाउन राष्ट्रिय र अन्र्तराष्ट्रिय शक्ति किन लागे ?
राप्रपा यति बलियो शक्तिका रूपमा उदाएको थियो कि मुख्य सडक नै जाम गरेर अधिवेशन गर्ने स्थितिमा पुगिसकेको थियो । आन्दोलन गरेमा काठमाडौंका सडक पूरै अस्तव्यस्त बनाउने हैसियतमा पुगेको थियो । राप्रपाको त्यो शक्ति देखेर मुख्य राजनीतिक दलले आफूलाई अबका दिन असहज रहेको आँकलन गरे ।

राप्रपाले बोकेको एजेन्डा स्थापित हुने भित्री डर उनीहरूमा प¥यो । र, त्यो एजेन्डा असफल बनाउन के(के प्रपञ्च रच्ने भन्ने रणनीति बनाउनतिर लागे । त्यसका लागि सबैभन्दा पहिले राप्रपा अध्यक्ष कमल थापामाथि षड्यन्त्रमूलक ढंगबाट आक्रमण गर्ने प्रयास भयो ।

सँगसँगै अन्तर्राष्ट्रिय समुदायले पनि नेपालमा हिन्दू धर्म पुनः स्थापित हुने भयो र राजसंस्था राष्ट्रको अभिभावकका रूपमा पुनः आउने भयो भन्दै थापालाई नै कमजोर बनाउन अनेक तिकडम रचिरहेको थियो । त्यसको सजिलो उपाय उनीहरुले पार्टी फुटाइदिने देखे, फलस्वरुप पार्टी फुटाएरै आफ्नो स्वार्थ सिद्धि गरे ।

तपाईहरु पनि त संविधान जारी गर्दा हस्ताक्षर गर्नु भएन, पछि त्यहि संविधान अनुरुप बनेको सरकारमा सहभागि हुनु भयो नि ?
मुख्य तीन ठूला दलको मिलेमतोमा संविधानसभामार्फत जनप्रतिनिधिले जारी गरी कार्यान्वयनको चरणमा रहेको संविधानलाई राप्रपाले उपयोग मात्र गरिरहेको थियो र छ । अर्को अर्थमा भन्दा अहिले राप्रपाले संविधानमा अन्य दलसँग सहकार्य गरिरहेको मात्र हो । जसरी पञ्चायती व्यवस्थासँग तत्कालीन कम्युनिस्ट पार्टी (माले) ले उपयोगको नीतिअन्तर्गत सहकार्य गरेको थियो, अहिले राप्रपाले गरेको सहकार्य पनि त्यस्तै हो ।

राप्रपामा संविधानलाई पूर्ण रूपमा नस्विकारेपछि अब कसरी अघि बढ्ने भन्नेमा दुई पाटोमा बहस भयो । आफ्नो एजेन्डा स्थापित गर्न बुलेटबाट अघि बढ्ने कि ब्यालेटबाट अघि बढ्ने भन्नेमा नेताबीच पक्ष(विपक्षमा चर्काचर्का बहस नभएका होइनन् ।

१० वर्षको जनयुद्धले नेपाली जनताको आर्थिक, सामाजिक र पूर्वाधारका संरचना खत्तम पारिसकेको छ । द्वन्द्वमा दुवैतर्फबाट गरी १७ हजारभन्दा बढीले ज्यान गुमाए । त्यसबाट कति नेपालीले आफ्ना आफन्तजन गुमाएका छन्, कतिको सिन्दुर पुछिएको छ ।

अब फेरि राप्रपाले युद्ध सुरु गरे मर्ने र मार्ने क्रम सुरु हुन्छ, त्यसैले बुलेटको बाटो गलत हो भन्ने निष्कर्षमा हामी पुग्यौँ । ब्यालेटबाट अघि बढ्नका लागि संविधानमा सहकार्य गर्ने पार्टीको एजेन्डा बन्यो । सहकार्य गर्दा कहिले सरकारमा सहभागी भइन्छ । कुरा नमिले फिर्ता भइन्छ । त्यो क्रम राजनीतिमा चलि नै रहनु स्वाभाविक हो ।

पार्टी फुटेपछि अव राप्रपाको एजेण्डा के ?
हिन्दूराष्ट्र स्थापना, राजसंस्थासहितको लोकतन्त्र निर्माण राप्रपाको मुख्य एजेण्डा हो । हाम्रो एजेण्डा सफल हुन नदिने खेलमा मुलुकभित्र र बाहिरबाट षड्यन्त्र भइरहेको छ । त्यो षड्यन्त्रको गोटी को(को बने, त्यो आफ्नो ठाउँमा छ । एकीकृत राप्रपामा पार्टी, कार्यकर्ता केहीको वास्ता नगर्ने तर, सरकारमा जानैपर्ने र आफू मन्त्री बन्नैपर्ने सोच भएका केही नेता थिए ।

उनीहरू पार्टीको आधिकारिक एजेन्डामा धाबा बोल्ने, हिन्दूराष्ट्र, राजसंस्थासहितको लोकतन्त्र हुनुहुन्न, नेपाललाई स्थिर बन्न दिनुहुन्न भन्ने तत्वको षड्यन्त्रको गोटी बने । फलस्वरूप राप्रपा फुट्यो । तर, तत्कालका लागि पार्टी फुटे पनि हाम्रो एजेन्डा कमजोर भएको छैन ।

राप्रपाले अव अंगाल्ने दिशा कुन हो ?
राप्रपा वैकल्पिक प्रजातान्त्रिक शक्तिभन्दा पनि राजसंस्थासहितको प्रजातन्त्र स्थापित होस् भन्ने संस्थागत धारणा भएको पार्टी हो । नेपालमा एक सय ३० जातजाति बसोवास गर्छन् । यहाँ एक सय २५ भाषा बोलिन्छ । भिन्नाभिन्नै दर्शन बोकेका दुई ठूला राष्ट्र उत्तरमा चीन र दक्षिणमा भारतको बीचमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको भनाइमा ‘दुई ढुंगाबीचको तरुल’का रूपमा रहेको सानो नेपालमा सबैको एकताको प्रतीकका रूपमा राजसंस्था चाहिन्छ ।

दुई ठूला राष्ट्रबीचको नेपालमा मुलुकको स्वाभिमान कायम राख्न, सार्वभौमसत्ता र राष्ट्रियता बचाइराख्न राजसंस्था आवश्यक पर्छ । राष्ट्रवादी बन्न र भन्न जति सजिलो छ, त्यति राष्ट्रवादी भएर बाँच्न गाह्रो छ । तसर्थ, राजाजत्तिको राष्ट्रवादी अरू हुन सक्दैन ।

किनकि ऊ राष्ट्रवादी नभए मुलुक नै नरहन सक्छ । मुलुक नभए कहाँको राजा हुने भन्ने चिन्ता त उसलाई हुन्छ नै । आफ्नो स्वार्थका लागि पनि ऊ राष्ट्रवादी हुन्छ । राष्ट्रपति भनेको एक कार्यकालका लागि हो । पााच वर्ष मुलुक रहेमा राष्ट्रपति हुन्छ, त्यसपछि नागरिक हुने न हो, मुलुकको विषयमा उसलाई केको चिन्ता ?
यस्तो भन्दा संविधानले मान्दैन त भनिन्छ ।

तर, संविधानमा नागरिकको मौलिक हकको व्यवस्था गरिएको छ । मौलिक हकको प्रयोग गरी नागरिकले जुनसुकै विचार राखेर पनि स्वतन्त्रतापूर्वक आफ्नो जीवनयापन गर्न पाउँछ । त्यही हकमा टेकेर संविधानमा असहमति जनाएर अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गरी त्यही असहमति उल्लेख गरेर दल दर्ता गर्न पाइन्छ । त्यही असन्तुष्टिलाई एजेन्डा बनाउन निर्वाचनमा जनमत बटुल्ने प्रयास गर्ने हो ।

जनताले उचित ठाने जिताउँछ, नठानेमा पराजित गरिदिन्छ । दलको एजेन्डा जनताले मन नपराए स्वतः सो दल आफँै पछि हट्न बाध्य हुन्छ । तर, आफ्नो एजेन्डा त जनतालाई भन्न पाउनुप¥यो नि । लोकतन्त्र भनेकै फरक(फरक विचार भएका राजनीतिक दलले जनताको मत बटुलेर बहुमत प्राप्त गरी शासन चलाउने पद्धति हो । राप्रपाले जातीय द्वन्द्व, धार्मिक द्वन्द्वको कुरा गरेको छैन ।

हामीले हिन्दूराष्ट्रको वकालत गरे पनि सबै धर्मप्रति सद्भाव राख्छौँ भनेर विधानमा स्पष्ट व्यवस्था गरेका छाँै । अन्य कुनै धर्मलाई विभेद गर्ने हाम्रो मनसाय छँदै छैन । राप्रपाको एउटै मात्र एजेन्डा चाहे बुद्धिस्ट होस्, चाहे क्रिस्चियन, चाहे मुस्लिम होस्, उसको बाध्यता र गरिबीलाई प्रयोग गरी प्रलोभनमा पारेर धर्म परिवर्तन गराउन दिनुहुन्न भन्ने हो ।

आफ्नो खुसीमा धर्म परिवर्तन गर्न हामीले रोक्ने भनेका छैनौँ । राप्रपाले आफ्नो एजेन्डामा सर्वधर्म सम्भव, धर्मसापेक्ष हिन्दूराष्ट्र’ भनेर लेखेको छ । यो भनेकै सबै धर्मलाई बराबर मान्नुपर्छ, हिन्दूधर्मलाई पहिचानका रूपमा स्थापित गर्नुपर्छ भन्ने हो ।

मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभामा तपाईहरुका एजेण्डा के के हुन ?
राप्रपा आसन्न निर्वाचनमा मुलुकमा आर्थिक र सामाजिक क्रान्ति कसरी गर्न सकिन्छ भन्ने स्पष्ट धारणा लिएर जनतामाझ पुग्दै छ । त्यसका लागि पार्टीले सम्बन्धित क्षेत्रका विज्ञसँग छलफल गरिरहेको छ । पहिलो र दोस्रो चरणका स्थानीय तह निर्वाचनमा राप्रपाले हरेक वर्ष मेरिट लिस्टका आधारमा इन्ट्रान्स परीक्षामा नाम निकाल्न सक्ने एक(एकजना विद्यार्थीलाई डाक्टर र इन्जिनियर पढाउने निर्णय गरेर कार्यान्वयन प्रक्रियामा लगिसकेको छ ।

१० वर्षसम्म गाउँमा कसैले उद्योग खोलेर काम सुरु गरेमा ट्याक्स नलिने घोषणा गरिसकेको छ, त्यो प्रदेशसभा र केन्द्रमा पनि पार्टीले जितेमा कार्यान्वयनमा लैजाने हाम्रो तयारी छ । विद्युत् निःशुल्क गर्ने हाम्रो योजना छ ।

गरिबीको रेखामुनि रहेका आमनागरिकलाई ठूलो रोग लागेमा त्यसको उपचारका लागि आवश्यक पर्ने रकम राज्यले व्यहोर्ने गरी नीति बनाउने राप्रपाको योजना छ । त्यसका लागि पहिला पार्टीको बहुमत हुनुप¥यो, पार्टीले स्थानीय, प्रदेश र संघमा सरकार बनाउनुप¥यो । जिताउने सार्वभौम जनता हुन्, जनताले हामीलाई नीति बनाउने र कार्यान्वयन गर्ने तहमा पु¥याए भने हाम्रा एजेन्डाबाट हामी पछि हट्नेछैनौँ । अभियान टाइम्सबाट ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan