Wednesday 18th of October | २०७४ कार्तिक १ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उद्योग वाणिज्य संघको अध्यक्षमा खत्री निर्वाचित

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २३ सोमबार
newsabhiyan

जाजरकोट, २३ असोज (रासस) : जाजरकोट उद्योग वाणिज्य संघको आइतबार सम्पन्न निर्वाचन परिणामअनुसार अध्यक्षमा एमाले र राप्रपाका साझा उम्मेदवार कर्णबहादुर खत्रीसहित गठबन्धनको प्यानलै विजयी भएको छ ।

खत्रीले काँग्रेस र माओवादी (केन्द्र)का साझा उम्मेदवार भद्रबहादुर वलीलाई ८३ मत अन्तरले पछि पार्दै विजयी बन्नुभएको हो । खत्रीको पक्षमा ३६७ मत परेको थियो भने वलीले २८४ मत प्राप्त गर्नुभयो ।

वरिष्ठ उपाध्यक्षमा पनि कर्णकै प्यानलका शिवविक्रम हमाल विजयी बन्नुभएको छ ।

त्यस्तै उपाध्यक्षमा नरबहादुर थापा विजयी बन्नुभयो ।

महासचिवमा ईश्वरीबहादुर खत्री ,सचिवमा अमरबहादुर शाही, कोषाध्यक्षमा मोहन खड्का विजयी हुनुभयो ।

त्यसैगरी खुल्ला सदस्यमा चक्रबहादुर थापा , मंगले बुढाथोकी , खिमबहादुर शाही र विष्णु वली विजयी हुनुभएको छ ।

जनजाति सदस्यमा गणेशबहादुर थापा , महिला सदस्यमा बन्दना पुन , धनमाया खड्का र दलित सदस्यमा गणेशबहादुर कामी विजयी भएको उद्योग वाणिज्य संघ जाजरकोटले जनाएको छ ।

अपांग सदस्यमा यसअघिनै काँग्रेस(माओवादी केन्द्र गठबन्धनका भीमबहादुर खत्री निर्विरोध निर्वाचित हुनुभएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan