Wednesday 13th of December | २०७४ मङ्सिर २७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

क्षेत्र नं १ मा नवराज सिलवाल ‘ओली बोलेपछि बोल्यो’

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २३ सोमबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, २३ असोज । नवराज सिलवाल एमाले प्रवेश गरे, उनलाई चुनाव लडाउनै पर्छ भन्ने ओलीको जिकिरपछि झलनाथ खनाल र माधवकुमार नेपाल बोल्नै सकेनन् ।

त्यसपछि ओलीले नै ललितपुर क्षेत्र नं १ मा नवराज सिलवाल लड्छन् भनेपछि झलनाथ खनाल र माधव नेपाल बोल्ने सकेनन् । उनीहरुले त्यो क्षेत्रबाट आ–आफ्ना निकटको नामावली खल्तीमा बोकेर गएका थिए, झिक्नै सकेनन् ।

२३ असोजमा नेकपा (एमाले) ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गरी माथिल्लो कमिटीमा पठाएको छ । यो औपचारिकता मात्र हो । यही सूचीमा नवराज सिलवालको नाम पनि सूचीकृत भएको छ ।

नवराज सिलवालको नाम आएपछि मधुसुदन पौडेल, पुरुषोत्तम हुमागाईं र श्याममायाँ कार्कीको थप नाम सिफारिस भएको छ । थप नामले महत्व नपाउने निश्चित छ । एमालेमा ओलीको बोली, गोलीजस्तै हो भन्थे, हो रहेछ भन्न थालेका छन् एमालेकै कार्यकर्ताहरु ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan