Thursday 14th of December | २०७४ मङ्सिर २८ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तीन जना पेस्तोलसहित पक्राउ: गौचन हत्याको जिम्मा मनोज पुन मगर समूहले लियो - भिडियो सहित

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २३ सोमबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २३ असोज ।  प्रहरीले राजधानीबाट तीन जनालाई एक थान हतियार र तीन राउन्ड गोलीसहित पक्राउ गरेको छ।

उनीहरुको साथबाट घरेलु पेस्तोल र तीन राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, पक्राउ परेका व्यक्तिहरुको आज दिउँसो हत्या गरिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याकाण्डमा संलग्नता रहे-नरहेकोबारे अनुसन्धान भइरहेको छ।

महानगरीय प्रहरी प्रमुख एआईजी जयबहादुर चन्दले गौचनमाथि पौने ३ बजेतिर गोली प्रहार भएको र ३ बजे जोरपाटीमा ती व्यक्तिहरु पक्राउ परेको बताए ।

एआईजी चन्दका अनुसार, '१५ मिनेटमा बानेश्वरबाट मनमैजु पुग्न सम्भव छ कि छैन, हामी लिंक गरिरहेका छौं।'

पक्राउ पर्नेमा छिरिङ तामाङ, सञ्जय तामाङ र दिलीप लामा रहेका छन् । तीनै जना काभ्रेको रोशी नगरपालिका ४ का रहेको बताइएको छ। 

यो पनि पढ्नुहोस् ।

२४ घण्टा भित्र अपराधी पत्ता लगाउछौं भने पछि अबरुद्ध सडक खुल्यो

शरदकुमार गौचनलाई गोली हान्ने रमेश बाहुनको समूह भएको प्रहरीको आशंका - भिडियो सहित


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan