Saturday 21st of October | २०७४ कार्तिक ४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भारतको मिरगञ्ज पुल मर्मत भई परिक्षण सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २४ मंगलबार
newsabhiyan

विराटनगर, २४ असोज (रासस) ः गत भदौ महिनामा आएको बाढीले सीमावर्ती भारतीय बजार जोगवनीदेखि पाँच किमी दक्षिणमा रहेको मिरगञ्ज पुलको मर्मत पूरा भई ठूला मालवाहक सवारी साधन आवागमन परीक्षण सम्पन्न भएको छ ।

उक्त पुल मर्मत सम्भार गरी सवारी सञ्चालन गर्न करिब डेढ महिना लागेको छ । उक्त पुलबाट आजदेखि साना तथा पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन सञ्चालन हुनु पर्नेमा सोमबार मध्याह्नसम्म सञ्चालन हुन नसकेको विराटनगर भन्सार कार्यालय रानीका नासु देवीभक्त पौडेलले राससलाई बताउनुभयो ।

पुल मंगलबारदेखि पूर्णरुपमा सञ्चालन भई ठूला सवारी साधन आवागमन हुने विराटनगर भन्सार कार्यालय रानीले जनाएको छ । भारत एवं तेस्रो मुलुकबाट सामान आयात गर्दा रेल्वे मार्ग र मिरगञ्ज पुल हुँदै सडक मार्गको प्रयोग हुँदै औद्योगिक कच्चा पदार्थसहित अन्य सामग्री आयात हुने गरेको थियो ।

उक्त मार्गको रेल्वे यसअघि नै सञ्चालनमा आएको थियो भने मिरगञ्ज पुलको मर्मत नसकिएकाले सडक मार्गबाट आयात हुने सामग्री भन्टाबारी भन्सार नाका हँुदै विराटनगर आइरहेको थियो ।

उक्त पुलमा तीनवटा ‘स्क्रुपाइलिङ’ हालेर पूर्णरुपमा मर्मत गरिएकाले ठूला मालबाहक साधन आउजाउ गर्न सक्ने बनाइएको निरीक्षण गरेर फर्किएका नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नं १ का उपाध्यक्ष राजेन्द्र राउतले जानकारी दिनुभयो ।

पुल अवरुद्ध हुँदा सुनसरी, मोरङका उद्योगी, व्यवसायीले सुनसरीको भन्टाबारी नाका हुँदै औद्योगिक सामान आयात गर्दा अनावश्यक झन्झट, ढुवानी भाडा महँगो र समय पनि बढी लाग्ने गरेको थियो । पुलबाट ठूला मालवाहक सामान नआउँदा विराटनगर भन्सारको राजश्व संकलनसमेत प्रभावित हुन पुगेको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan