Saturday 21st of October | २०७४ कार्तिक ४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चन्दा कि ज्याला नदिएकाले गोली हानियो ? यस्तो अपराध राम्रो भएन ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २४ मंगलबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, २४ असोज ।'सर्बेन्द्रहरुले बनाएको सुरक्षित राजधानी सकसमा'

चोर पस्यो कि पल्क्यो ? निर्माण व्यवसायी शरदकुमार गौचनको हत्याले प्रश्न उठाएको छ ।

बाहिर बाहिर चन्दा मागेको थियो, नदिएकाले बाटो ढुकेर गोली हानिएको चर्चा बाहिर ल्याइएको छ । भित्री कुरो, सुरक्षा निकायका व्यक्तिले भनेको कुरो, कामदारलाई शोषण गरेकाले उनको हत्या गरिएको हो ।

यो हत्याकाण्डले देउवा सरकार र गृहमन्त्रालय सम्हालेका माओवादी मन्त्री जनार्दन शर्माको निद हराम गरिदिएको छ । आइजीपी प्रकाश अर्याल इन्तु न चिन्तु भएका छन् । सवाल उठिरहेका छन् र गृहमन्त्रीदेखि आइजीपीसम्म नाजवाफ बनेका छन् ।

पक्राउमा त परेका छन् ३ जना, बन्दुक र गोली पनि फेला प¥यो तर गौचनको हत्या कसले ग¥यो, अहिलेसम्म सुराक समेत मिलेको छैन प्रहरीलाई । अनुमानको भरमा खानतलासी चलिरहेको छ ।

असोज २३ गते चन्दा नदिएकोले अज्ञात समूहले निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको मध्य बानेश्वरमा दिउँसै ३ बजे गोली हानेर हत्या भएको हो ।

८८ किलो सुन समातेको जस लिएका जयबहादुर चन्द नाका नाका सिल गरेर छानबिन त गरिरहेका छन्, उनी पनि हुस्सुको काग बनेको खबर छ ।

यो हत्याकाण्डले श्रम शोषण गर्नेहरु, ठेकेदार, उद्यमी, व्यवसायी र कतिपय कमिशन एजेन्टहरुसमेत थर्कमान भएको देखिएको छ ।

चन्दा कि ज्याला नदिएकाले गोली हानियो ?भन्ने जस्ता खबर पनि आएकाछन् । तर यस्तो अपराध राम्रो भएन ? हाम्रो ठम्याइ यत्ति हो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan