Wednesday 13th of December | २०७४ मङ्सिर २७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

निर्वाचनका लागि ९८ हजार म्यादीको भर्ना सुरु ,आजदेखि आवेदन खुला - सूचना सहित

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २४ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं,२४ असोज ।  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि म‌ंगलबारदेखि म्यादी प्रहरी भर्ना सुरु भएको छ । आजदेखि आवेदन खुला भएको छ ।

प्रहरी प्रधान कार्यालयले एक साताको अवधिसहित म्यादी प्रहरी भर्नासम्बन्धी सूचना निकालेको हो । मंगलबारदेखि सुरु भएको म्यादी भर्ना कार्यक्रम असोज ३० गते अपराह्न ५ बजेसम्म रहने छ ।

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सरकारले ९८ हजार सय ६८ म्यादी प्रहरी भर्ना गरिनेछ । म्यादीमा भर्ना हुन चाहनेले तोकिएको अवधिमा बिहान १० देखि बेलुकी ५ बजेसम्म दरखास्त बुझाउन सकिने सूचनामा उल्लेख छ ।

उपत्यकाका हकमा प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुरमा दरखास्त बुझाउन सकिने छ भने नवलपरासी र रकुमको हकमा साविकको जिल्ला प्रहरी कार्यालयहरु रुकुम, नवलपरासीमा तोकिएको छ ।  


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan